काठमाडौं : स्रसद विघटन मुद्दामा जारी अदालतको सहयोगी (एमिकस क्युरी) ले आज पनि संवैधानिक इजलासलाई आफ्नो राय दिने भएका छन्। तीन दिनदेखि जारी बहसमा एमिकस क्युरीकै राय बाझिएको छ। संवैधानिक इजलासमा एमिकस क्युरीका तर्फबाट बोल्ने वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले संसद विघटनलाई असंवैधानिक र वरिष्ठ अधिवक्ता विजयकान्त मैनालीले संवैधानिक भनेका छन्। वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले यो निर्णय सदर भए लोकतान्त्रिक प्रणाली नै ध्वस्त हुने जिकिर पनि गरे। उनले प्रणाली नै ध्वस्त हुन लागेका ब