रूसले बिहीबार स्वीडेन र फिनल्याण्डलाई नेटोमा सामेल नहुन चेतावनी दिएको छ। साथै रूसले आफ्नो पश्चिमी भागमा सेना थप्ने पनि बताएको छ।रूसको सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदवेदेवले चेतावनी दिँदै बिहीबार टेलिग्राममा एक विज्ञप्तिमा स्थल सेना र हवाई सेनालाई थप शक्तिशाली बनाइने उल्लेख गरेको सीएनएन न्यूजले जनाएको छ।रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको दुई दशकको शासनकालमा सन् २००८ देखि २०१२ सम्म रूसी राष्ट्रपति रहेका मेदवेदेव हालका महिनाहरूमा आक्रामक देखिएका छन्।यद्यपि उनी शीर्ष निर्णयकर्ता भने होइ