रुसले बिहीबार स्वीडेन र फिनल्यान्डलाई नेटोमा सामेल नहुन चेतावनी दिएको छ। सातै रुसले आफ्नो पश्चिमी भागमा ‘दोब्बरभन्दा बढी’ सेना थप्ने पनि बताएको छ। रुसको सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदवेदेवले चेतावनी दिँदै बिहीबार टेलिग्राममा एक विज्ञप्तिमा स्थल र वायु रक्षा बलहरू बलियो बनाइने कुरा उल्लेख गरेको सीएनएन न्यूजले जनाएको छ ।रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको दुई दशकको शासनकालमा सन् २००८ देखि २०१२ सम्म रुसको राष्ट्रपतिको रूपमा सेवा गरेका मेदवेदेव हालका महिनाहरूमा आ