दरबार हाइस्कुल तत्काल पुनर्निर्माण गर्न निर्देशन

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दरबार हाइस्कुलको बाह्य स्वरुप परम्परागत ढाँचामा रहने गरी यथाशीघ्र पुनर्निर्माण सुरु गर्न सरोकारवाला निकायलाई निर्देशन दिएको छ ।

सम्बन्धित सामग्री

काठमाडौंलाई हेर्न लायक बनाउँछु : मेयर शाक्य

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंलाई हेर्न लायक सहर बनाउने बताएका छन्। पुनर्निर्मित धरहरा उद्घाटन समारोहमा बोल्दै मेयर शाक्यले यस्तो बताएका हुन्। उनले भने, ‘हामीले रानीपोखरी पुनर्निर्माण सम्पन्न गरिसकेका छौं, दरबार हाइस्कुल बनाइसक्यौं, वीर अस्पताल लगभग बनेको छ, सम्पदा पुनर्निर्माणमा जुटेका छौंं।’ ऐतिहासिक धरहरा बनाउन सफल भएकोमा काठमाडौं महानगरको तर्फबाट प्रधानमन्त्री ओलीलाई उनले बधाइ दिए।

सामुदायिक विद्यालयमध्ये विद्यार्थीको पहिलो रोजाइ बन्यो दरबार हाइस्कुल

नेपालको शैक्षिक इतिहासमा अत्यन्त ठूलो महत्व राख्ने रानीपोखरीस्थित दरबार हाइस्कुल अहिले सामुदायिक विद्यालयमध्ये विद्यार्थीको पहिलो रोजाइ बनेको छ । विसं २०७२ को भूकम्पले पूर्ण रुपमा क्षति भएकोे सो स्कूल भवनलाई आकर्षक ढङ्गले पुनर्निर्माण गरिएपछि नयाँ विद्यार्थी आउने क्रम बढेको छ । क्रान्तिकारी कवि गोपालप्रसाद रिमाल, प्रखर कूटनीतिज्ञ र प्रशासक सरदार यदुनाथ खनाल, सरदार भीमबहादुर पाँडे, पिनाकिप्रसाद आचार्यलगायत नेपालको पहिलो प्रतिभावान् शिक्षित पुस्ताको अध्ययनको थलो थियो दरबार हाइस्कूल । यसबाट निस्केका प्रतिभाहरुले नै उतिबेला नेपालको आर्थिक, राजनीतिक र सामाजिक खाका कोर्नमा अग्रणी भूमिका निर्वाह गरेका हुन् । त्यतिबेला नेपालमा यसको विकल्प थिएन तर राणाशासनको अन्तिमतिर जुद्धोदय र पद्मोदय जस्ता विद्यालय खुल्न थाले । सात सालको परिवर्तनपछि नेपालभर नै शिक्षालयहरु विस्तार भए पनि लामो अवधिसम्म दरबार हाइस्कूलको आकर्षण कायमै थियो । विद्यालय व्यवस्थापनमा राज्यको ध्यान जान छाडेपछि यसको अवस्था कमजोर बन्दै गयो । व्यवस्थापन फितलो भयो, भवन जीर्ण भयो र यसप्रतिको आकर्षण घट्दै गयो । पाँच वर्षअघिको गोरखा भूकम्पले यसलाई खण्डहरमा परिणत गरिदियो । अहिले प्रतापमल्लकालीन रानीपोखरी र जङ्गबहादुरकालीन दरबार हाइस्कूल दुवैको मुहार फेरिएको छ । अहिले ती सम्पदा झकिझकाउ देखिन्छन् ।

दरबार हाइस्कुलको पुनर्निर्माण सम्पन्न

रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) को पुनःनिर्माणको काम सकिएको छ । आवरणमा पुरानै ‘दरबार हाई स्कुल’ हो, कि जस्तो लागे पनि आधुनिक निर्माण सामग्री प्रयोग गरी केही दिनअघि निर्माण सम्पन्न गरिएको छ ।

भूकम्पले क्षतिग्रस्त दरबार हाइस्कुलको पुनर्निर्माण थालियो

काठमाडौं : महाभूकम्पले क्षतिग्रस्त भएको भानु माध्यमिक विद्यायलय (दरबार हाइस्कुल) को पुनर्निर्माणको काम सुरु गरिएको छ। चीन सरकारको सहयोगमा पुनर्निर्माण गर्न लागिएको सो विद्यालयको शुक्रबार एक समारोहबीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र नेपालस्थित चिनियाँ राजदूत  यु होङले संयुक्त रुपमा सिलन्यास गरेका हुन्।...

दरबार स्कुल पुनर्निर्माण अन्योल

भूकम्पले क्षपितग्रस्त दरबार हाइस्कुल पुनर्निर्माण अन्यौलामा परेको छ । चीन सरकारको सहयोगमा निर्माण हुन लागेको सो विद्यालय भवन ऐतिहासिक भएकाले आधुनिक निर्माण सामग्री प्रयोग नगरी निर्माण गर्नुपर्ने सुझाव पुरातत्व विभागले दिएपछि निर्माण अलपत्र परेको हो ।

विवाद बढेपछि दरबार हाइस्कुलको पुनर्निर्माणबाट हात झिक्दै चीन - Naya Patrika

भूकम्पले भत्काएको नेपालको पहिलो विद्यालय दरबार हाइस्कुल (भानु मावि)को पुनर्निर्माणमा चीनले हात झिक्ने परिस्थिति उत्पन्न भएको छ । पुरातत्व विभागले दरबार हाइस्कुल पुनर्निर्माणमा पुरानै सामग्री र पुरानै शैलीमा बनाउनुपर्ने पत्र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई पठाएपछि अन्योल थपिएको हो ।

आखिर भत्कने नै भयो दरबार हाइस्कुल

देशकै जेठो विद्यालय दरबार हाइस्कुल भत्काइने भएको छ। पुरातत्व विभागले केही दिनअघि सो विद्यालय पुरानै डिजाइनमा पुनर्निर्माण गर्न स्वीकृति दिएपछि विद्यालय भवन भत्काउने बाटो खुलेको हो। विभागका महानिर्देशक भेषनारायण दाहालले विद्यालय भत्काएर पुनर्निर्माण गर्न स्वीकृति दिइएको सेतोपाटीलाई जानकारी दिए। ‘पुरातात्विक महत्व बोकेको दरबार हाइस्कुललाई पहिलाकै साइज, डिजाइन र उचाइमा तलमाथि नगरी पुनर्निर्माण गर्न स्वीकृति दिएका…

१२६ वर्ष पुरानो दरबार हाइस्कुल पनि भत्काउन खोजिँदै

रानीपोखरी विवाद सेलाउन नपाउँदै ठिकअगाडि दरबार हाइस्कुल पनि भत्काएर नयाँ बनाउने तयारी सुरु भएको छ। विसं १९१० सालमा स्थापित दरबार हाइस्कुल १९४८ मा रानीपोखरीस्थित अहिलेको भवनमा सरेको हो। यसलाई २०२४ सालबाट भानु माध्यमिक विद्यालय भनिन थालेको थियो। ऐतिहासिक महत्व बोकेको देशकै जेठो विद्यालय भत्काएर चिनियाँ डिजाइनअनुसार पुनर्निर्माण गर्न लागिएको हो। काठमाडौं महानगरपालिकामा यही पुस ३…

विवादले अड्कियो दरबार हाइस्कुलको पुनर्निर्माण

भूकम्पबाट क्षतिग्रस्त नेपालको पहिलो विद्यालय दरबार हाइस्कुल (भानु मावि) को पुनर्निर्माणका लागि चीन तयार भए पनि नेपाल सरकारकै विभिन्न निकायबीच विवाद देखिएको छ ।

दरबार हाइस्कुल पुनर्निर्माण गर्न चीन आतुर, नेपाली पक्ष विवादमै

भूकम्पबाट क्षतिग्रस्त नेपालको पहिलो विद्यालय दरबार हाइस्कुल (भानु मावि) को पुनर्निर्माणका लागि चीन तयार भए पनि नेपाल सरकारकै विभिन्न निकायबीच विवाद देखिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, शिक्षा मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ, काठमाडौं महानगरपालिका र पुरातत्व विभागबीच सहमति नहुँदा पुनर्निर्माणमा अन्योल थपिएको छ । यो खबर भवानीश्वर गौतमले आजको नयाँ पत्रिकामा लेखेका छन्। विद्यालय…