काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव करुण वंशलले बिहीबार कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिका–९ स्थित शिवभरी माध्यमिक विद्यालय र जानकी उच्च माध्यमिक विद्यालयका लागि निर्माण गरिएका विद्यालय भवनको उद्घाटन गरे ।शिक्षा क्षेत्रमा भारत–नेपाल विकास सहकार्यअन्तर्गत सामुदायिक विकास परियोजनाको रुपमा भारत सरकारको आर्थिक सहयोग पाँच करोड ९२ लाख रुपैयाँ लागतमा यी परियोजनालाई अघि बढाइएको हो । भारत स्वतन्त्र […]