नेपाल–भारत सीमावर्ती जिल्ला बाँकेका पुष्प व्यवसायी मर्कामा परेका छन् । भारतबाट आउने अवैध प्लाष्टिकजन्य फूलमाला र अन्य फूलका कारण सिमावर्ती जिल्ला बाँकेका पुष्प व्यवसायी मर्कामा परेका हुन् ।
सल्यान : तिहारका लागि हुने फूल टिप्न र माला उन्न सल्यानका फूल खेती गर्ने किसानलाई यति वेला भ्याइनभ्याई छ। नेपालीको दोस्रो ठूलो पर्व तिहार नजिकिएसँगै मखमली, सयपत्री जस्ता फूल टिप्न र माला बनाउन पुष्प व्यवसायी व्यस्त बनेका छन्।३ महिनाअघि किसानले रोपेको फूल यति वेला ढकमक्क फूलेको छ। किसान माला बनाउन र प्याकेजिङ गर्न व्यस्त हुन थालेका छन्।तिहार नजिएपछि भाइटीकाका लागि आवश्यक पर्ने फूलका माला बनाउन आफूहरू व्यस्त बनेको ओजी एग्रो एण्ड टुरिज्मका सञ्चालक मोहन वलीले बताए। ७ रो
काठमाडौं । फ्लोरीकल्चर एशोसिएशन नेपालको आयोजनामा २३औं पुष्प प्रदर्शनी तथा व्यापार मेला हुने भएको छ । मेला यही चैत १० देखि १३ गतेसम्म ललितपुरको जावलाखेल खेल मैदानमा हुनेछ । देशभित्र तथा बाहिर विकसित पुष्पखेती सम्बन्धी नयाँ प्रविधिको प्रचारप्रसारका साथै पुष्प वस्तुको प्रवर्द्धन गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको हो ।
‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ नारासहित मेलाको आयोजना गर्न लागिएको आयोजकले सोमवार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ । मेलामा पुष्प विकास केन्द्र, बागमती प्रदेश सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र कृषि विभागको सहयोग रहेको छ । मेलाको उद्घाटन बागमती प्रदेशकी कृषि तथा पशुपन्छी विकास राज्यमन्त्री इन्द्रमाया गुरुङबाट हुने बताइएको छ ।
आयोजकका अनुसार मेलामा चारओटा अफिसियल स्टल, दुईओटा प्रतियोगितात्मक प्रदर्शनी स्टल र ५६ ओटा व्यावसायिक स्टल रहनेछन् । मेलामा मौसमी फूल, आलंकारिक बोटबिरुवा, कट–फ्लावर, ड्राईफ्लावर, कम्पोष्ट मल, बिउबिजन, ग्रीन हाउस, कृषि औजार, थोपा सिँचाइ र आधुनिक पुष्पखेती सम्बन्धी यन्त्र/उपकरणको विक्री कक्ष रहने आयोजकले जानकारी दिएको छ ।
मेलामा सहभागी पुष्प व्यवसायीबाट उत्पादित फूल तथा बिरुवाबीच प्रतिस्पर्धा गराई विभिन्न विधामा प्रथम हुने व्यवसायीलाई नगद, तक्मा तथा प्रमाणपत्र सहित पुरस्कृत गरिने भएको छ । मेलाले पुष्प व्यवसायसँग आबद्ध व्यवसायी, उद्यमी र कम्पनीहरूलाई बजार विस्तारको अवसर, नयाँ प्रविधिको बारेमा जानकारी, ग्राहकका आवश्यकता, बजारको सर्वेक्षण र ग्राहकसँग सम्बन्ध विस्तारमा योगदान पुर्याउने पुष्प व्यवसायी महासंघका अध्यक्ष मीनबहादुर तामाङले बताए । मेला अवधिभर करीब ४५ हजार अवलोकनकर्ता आउने र ७५ लाख रुपैयाँसम्मको कारोबार हुने अनुमान गरिएको छ ।
काठमाडौँ– ललितपुरको जावलाखेलमा शुक्रवारदेखि ४ दिनसम्म चल्ने १४ औँ गोदावरी पुष्प प्रदर्शनी २०७८ सुरु भएको छ । कोरोना भाइरसको जोखिमका कारण दुई वर्षयता सुनसान रहेको मेला सुरु भएपछि पुष्प व्यवसायी खुसी भएका छन्। मेलामा काठमाडौँ उपत्यकाका विभिन्न स्थानका व्यवसायीहरुले फूल प्रदर्शनमा ल्याएका छन् । मेलामा ४४ स्टल छन्। पुष्प व्यवसाय प्रवर्द्धन गर्न र व्यवसायीबिच प्रतिस्पर्धात्मक […]
काठमाडौँ – कोरोना भाइरसको जोखिमका कारण दुई वर्षयता सुनसान रहेको मेला सुरु भएपछि पुष्प व्यवसायी खुसी भएका छन्। शुक्रवारबाट ४ दिनसम्म चल्ने १४ औँ गोदावरी
कास्की – धेरैजसाे उत्पादनमा परनिर्भरता नै मौलिकताजस्तै बन्दै गएको वास्तविकतामा पोखरा फूलमा भने आत्मनिर्भर हुने क्रममा छ । तिहार नजिकिँदै गर्दा यतिखेर पोखरा र आसपासका पुष्प व्यवसायी भने फूल्दै गरेको सयपत्रीलगायत फूल स्याहार्न व्यस्त देखिन्छन् । तिहारमा घरघरमा दाजुभाइ तथा दिदीबहिनीका गलामा पुग्ने फूल पछिल्ला वर्षमा स्थानीय उत्पादनमा आकर्षण बढ्दै गएका कारण पनि बर्सेनि पुष्प व्यवसायतर्फ सर्वसाधारणको आकर्षण बढिरहेको फ्लोरिकल्चर एसाेसिएशन कास्कीका अध्यक्ष डीलबहादुर गुरुङले बताउनुभयो ।
‘घाँटीमा लगाइने मालाका लागि बाहिरबाट...
अवैैध तथा अनियन्त्रित ढंगले पुष्प तथा पुष्पजन्य वस्तुहरु आयात गर्ने काम रोक्न नसकेको भन्दै पुष्प व्यवसायीहरुले सरकारको चर्को विरोध गर्दै र्याली निकालेका छन ।फ्लोरिकल्चर एशोसिएशन नेपाल र नर्सरी तथा पुष्प उत्पादक किसान संघको आह्वानमा अवैध तथा अनियन्त्रित ढंगले पुष्प तथा पुष्पजन्य बस्तुहरु आयात गर्ने कामलाई रोक्न नसकेको भन्दै व्यवसायीहरुले सरकारविरुद्ध र्यालीसहितको प्रर्दशन गरेका हुन । […]
अवैध तथा अनियन्त्रित ढंगले पुष्प तथा पुष्पजन्य बस्तुहरु आयात गर्ने काम रोक्न नसकेको भन्दै पुष्प व्यवसायीहरुले सरकारको चर्को विरोध गर्दै ¥याली निकालेका छन् । फ्लोरिकल्चर एशोसिएशन नेपाल र नर्सरी तथा पुष्प उत्पादक किसान संघको आह्वानमा अवैध तथा अनियन्त्रित ढंगले पुष्प तथा पुष्पजन्य बस्तुहरु आयात गर्ने कामलाई रोक्न नसकेको भन्दै व्यवसायीहरुले सरकारविरुद्ध -यालीसहितको प्रदर्शन गरेका हुन् । बुधबार दिउँसो ललितपुरको मानभवनमा विरोध प्रर्दशनमा उत्रिएका उनीहरुले आफूहरुको माग तत्काल सम्बोधन गर्न
२० साउन, काठमाडौं । फ्लोरिकल्चर एशोसिएसन नेपाल र नर्सरी तथा पुष्प उत्पादक किसान संघले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आन्दोलनको कार्यक्रम अन्तर्गत बुधबार जिल्ला प्रशासन कार्यालय ललितपुरमा ज्ञापन पत्र बुझाउने तथा त्यसपछि काठमाडौं प्रहरी परिसर टेकुमा धर्ना दिइने संघका अध्यक्ष मोहन सिलवालले जानकारी दिए । भारतबाट अवैध रुपमा पुष्प आयात गरी नेपाली व्यवसायीहरुल्ााई अप्ठेरोको […]