तिहार नजिकिँदै, मागको ८० प्रतिशत फूल पोखरा आसपासमा नै उत्पादन

कास्की – धेरैजसाे उत्पादनमा परनिर्भरता नै मौलिकताजस्तै बन्दै गएको वास्तविकतामा पोखरा फूलमा भने आत्मनिर्भर हुने क्रममा छ । तिहार नजिकिँदै गर्दा यतिखेर पोखरा र आसपासका पुष्प व्यवसायी भने फूल्दै गरेको सयपत्रीलगायत फूल स्याहार्न व्यस्त देखिन्छन् । तिहारमा घरघरमा दाजुभाइ तथा दिदीबहिनीका गलामा पुग्ने फूल पछिल्ला वर्षमा स्थानीय उत्पादनमा आकर्षण बढ्दै गएका कारण पनि बर्सेनि पुष्प व्यवसायतर्फ सर्वसाधारणको आकर्षण बढिरहेको फ्लोरिकल्चर एसाेसिएशन कास्कीका अध्यक्ष डीलबहादुर गुरुङले बताउनुभयो । ‘घाँटीमा लगाइने मालाका लागि बाहिरबाट...

सम्बन्धित सामग्री

तिहार र ग्रामीण अर्थतन्त्र

नेपालीहरूको दोस्रो महान् पर्व तिहारले बिदा लिएको छ । सामाजिक सद्भाव कायम गराउनेदेखि गाउँमा त्यतिकै खेर जाने वस्तुसम्मको बजार सृजना गराउने काम तिहारमा हुन्छ । त्यसैले आयको वितरण ग्रामीण क्षेत्रमा पुर्‍याउन तिहारले योगदान दिएको देखिन्छ । पाँच दिनसम्म मनाइने यो चाड निकै विविधतामय छ । प्रकृतिको पूजादेखि ग्रामीण उत्पादन खपत गराउने यस चाडको धार्मिक, सांंस्कृतिक र सामाजिक महत्त्व त छँदै छ, यसको आर्थिक पक्ष पनि उत्तिकै सबल देखिन्छ ।  चाडपर्व भन्नेबित्तिकै तिनले खपत बढाउँछन् र अर्थतन्त्रलाई चलायमान गराउँछन् । दशैंतिहारमा नेपालमा हुने कुल व्यापारको झन्डै ३० प्रतिशत कारोबार हुने आकलन छ । यद्यपि यसबारे ठोस अध्ययन भने भएको छैन । तिहारमा हुने विविधताले अर्थतन्त्रलाई फरक किसिमले चलायमान गराउने देखिन्छ ।  गाउँघरमा सित्तैमा उपलब्ध हुने वस्तुले समेत तिहारमा राम्रो बजार पाउँछ । उदाहरणका लागि रातो माटोलाई लिन सकिन्छ । भुइँ पोत्नका लागि प्रयोग हुने रातो माटो शहरमा राम्रै मूल्यमा विक्री हुन्छ । तिहारमा कटुस, बिमिरो पनि अनिवार्य जस्तै मानिन्छ । गाउँका वनजंगलमा फल्ने कटुसले तिहारमा बजार पाउँछ । त्यतिमात्र होइन, बिमिरो, भोगटे, लगायतका वस्तुले तिहारमा बजार पाउँछ जसले शहरको पैसा गाउँमा लैजान्छ । तिहारमा विगतमा सयपत्री फूल र प्लास्टिकका फूलको आयात ठूलो परिमाणमा हुन्थ्यो । तर, अहिले सरकारले यसको आयातमा प्रतिबन्ध लगायो भने अर्कातिर नेपालमै प्रशस्त फूलखेती भयो । भारतीय फूल नभित्रिएको होइन, प्लास्टिकका फूल पनि बजारमा प्रशस्तै देखिए । सरकारले निर्णय कार्यान्वयन गर्न सकेन । तैपनि नेपाली किसानको फूलले राम्रो बजार पायो । फूलको बजार व्यवस्थापन गर्न काठमाडौं महानगरले स्थान तोक्यो तर त्यहाँ किसानको फूल नबिक्दा उल्टो मर्का पर्‍यो । फूल नबिकेको गुनासो विक्रेताको रहेको पाइयो । बजारमा केही समस्या देखिए पनि नेपालको उत्पादनले बजार ओगट्नु सकारात्मक पक्ष हो । यसमा सुधार गर्नु आवश्यक देखिन्छ ।  तिहारको अर्को महत्त्वपूर्ण पाटो देउसीभैलो हो । यो विशुद्ध मनोरञ्जनको परम्परा हो । विगतमा विद्यालय भवन निर्माणका लागि देउसीभैलो खेलेर रकम जम्मा गर्ने प्रवृत्ति थियो । अर्थात् यसले विकासनिर्माणमा समेत योगदान दिएको थियो । यो सामाजिक पूँजी हो । दशैंमा शहरमा व्यापार व्यवसाय गर्ने, जागीर खाने वा अध्ययन गर्ने सबै नागरिक गाउँतिर जाँदा गाउँको अर्थतन्त्रलाई धेरथोर टेवा पुग्छ । ग्रामीण उत्पादनको खपत तत्तत् स्थानमा हुन्छ । तर, त्यसमा गाउँका सामान्य उत्पादनले शहर प्रवेश खासै पाउँदैन । तिहारमा भने यस्ता वस्तुको विक्री व्यापक हुन्छ र गाउँको अर्थतन्त्रलाई निकै सहयोग पुर्‍याउँछ ।  तिहारको अर्को महत्त्वपूर्ण पाटो देउसीभैलो हो । यो विशुद्ध मनोरञ्जनको परम्परा हो । विगतमा विद्यालय भवन निर्माणका लागि देउसीभैलो खेलेर रकम जम्मा गर्ने प्रवृत्ति थियो । अर्थात् यसले विकासनिर्माणमा समेत योगदान दिएको थियो । यो सामाजिक पूँजी हो ।  तर, अहिले यस्तो प्रवृत्ति घटेको छ र सानातिना काममा पनि सरकारकै मुख ताक्ने प्रवृत्ति बढ्दो छ । मुठी दानबाट बनेका कतिपय विद्यालय र तिनबाट उत्पादित विद्यार्थी राष्ट्रका विभिन्न तहमा छन् । नयाँ पुस्ताले देउसीभैलोलाई निरन्तरता दिएको त छ तर सामाजिक कार्यमा त्यसबाट उठेको रकम लगानी हुन छाडेको छ । यो परिवर्तन सामाजिक र आर्थिक दुवै दृष्टिले उपयुक्त देखिँदैन यसलाई ब्यूँताउन सके विकास निर्माणमा जनसहभागिता जुटाउन सकिन्छ ।  गाउँका उत्पादनले बजार नपाउँदा र आर्थिक स्तर उकास्ने अवसर प्राप्त नहुँदा अहिले ग्रामीण बस्ती बिस्तारै रित्तिन थालेका छन् । सेवासुविधा गाउँमा राम्र्रैसँग पुगेको छ ।े अहिले विद्यालय, स्वास्थ्य सुविधा, बिजुली, पानी, सञ्चार, यातायातको समस्या गाउँमा निकै घटेको छ । सुदूर केही स्थानबाहेक धेरै ठाउँमा सेवासुविधा पर्याप्त भए पनि गाउँमा युवालाई रोक्न सकिएको छैन । त्यही भएर चाडपर्वको रौनक पनि बसाइँ सरेजस्तो छ । तैपनि ग्रामीण क्षेत्रमा उत्पादन हुने वस्तुले शहरमा राम्रो बजार पाउने हो र त्यसलाई सहज बनाइदिने हो भने तिनलाई धेरथोर गाउँमा रोक्न नै नसकिने भने होइन । चाडपर्वलाई यस्तो आर्थिक पक्षसँग जोडेर नीति निर्माण गर्न सकिन्छ र त्यसतर्फ ध्यान जानु पनि आवश्यक छ ।

बजार मूल्यभन्दा सस्तोमा सयपत्रीको माला बेच्दै सहकारी

झापा । गौरादह नगरपालिका–६ स्थित महारानीझोडा साना किसान कृषि सहकारी संस्थामा सयपत्रीको माला खरिद गर्न आउनेको घुइँचो लागेको छ । बजार मूल्यभन्दा ३० प्रतिशत सस्तोमा माला बिक्री सुरु गरेपछि त्यहाँ स्थानीयवासीको घुइँचो लागेको हो । बजारमा सयपत्री फूलको एउटा मालाको मूल्य रु एक सय भए पनि सहकारीले रु ७० मै बिक्री गरिरहेको छ । गौरादह, गौरीगञ्ज, कमल र दमकबाट पनि फूल खरिदका लागि ग्राहक आउने गरेको सहकारीकी अध्यक्ष मीना ढकालले बताइन् । बजार मूल्यभन्दा सस्तोमा बेच्दा स्थानीय उपभोक्तालाई लाभ पुग्ने र संस्थालाई पनि घाटा नहुने हुँदा सस्तो मूल्य निर्धारण गरिएको उनले बताइन् । सहकारीले ५ कठ्ठा जग्गामा सयपत्री फूलखेती गरेको थियो । सहकारीले मुनाफाका लागि आउने बिचौलियालाई यसपाली तिहारमा फूल नबेच्ने र स्थानीय वरपरका पालिकाका उपभोक्तालाई सिधैँ बिक्री गर्ने नीति लिएको थियो। उपभोक्ता महँगोमा नपरुन् भनेर बिचौलियालाई फूल नबेचेको अध्यक्ष ढकालको जिकिर थियो । भारतबाट तिहारका लागि आउने फूल निरुत्साहित गर्न सहकारीले फूलखेती गरेको र आफ्ना सदस्यलाई पनि सयपत्री फूलमा आत्मनिर्भर बन्न प्रोत्साहित गरिरहेको जनाएको छ । 'सहकारीले उपभोक्तालाई सहुलियत मूल्यमा फूल र यसबाट बनेको माला बेच्नुपर्छ भन्ने हाम्रो मान्यता हो,' अध्यक्ष ढकालले भने, त्यसैअनुसार हामीले बजारभन्दा सस्तो मूल्य निर्धारण गरेका छौं ।'            पहिलो पटक परीक्षणका लागि सयपत्री फूलको खेती गरे पनि अर्को वर्ष खेती विस्तार गरेर जिल्लाभर पुग्ने माला उत्पादन गर्ने सोच बनाएको उनको भनाइ थियो । संस्थाका प्राविधिक मनोज भट्टराईका अनुसार सहकारीले लक्ष्मीपूजा र भाइटिकाका लागि दुई सय मालाको फूल अग्रिम अर्डरसमेत लिइसकेको छ । सहकारीको फूलबारीमा ठूला आकारका एकै दरका थुँगा सयपत्री फूलेका छन् । सहकारीले प्रति थुँगाको मूल्य रु दुई तोकेको छ । यहाँको सयपत्री फूलखेतीमा फोटो खिचाउनसमेत स्थानीय युवायुवती आउने गरेका छन् ।      झापामा तिहार र छठ पर्वमा धेरै मात्रामा सयपत्री फूल खपत हुने गरेको छ । सयपत्री फूलको खेतीमा बजारको समस्या नमएको उनको भनाइ थियो । यसैगरी मेचीनगर नगरपालिका–४ मा वडा कार्यालयले आफ्नै लगानीमा फूलखेती गरेको छ । आफ्नो वडामा बाहिरबाट फूल खरिद गर्नु नपर्ने वडाध्यक्ष अर्जुन कार्कीले बताए । विर्तामोड नगरपालिका, भद्रपुर नगरपालिका र कमल गाउँपालिकामा समेत सयपत्री फूलको तिहार लक्षित व्यावसायिक खेती भइरहेकाले झापा यसवर्ष फूलमा आत्मनिर्भर बन्ने अनुमान गरिएको छ ।

१ अर्ब २१ करोड रुपैयाँले घट्यो फूलमालाको कारोबार

कात्तिक २०, काठमाडौं । कोरोना महामारीपछि फूलमालाको कारोबार १ अर्ब २१ करोड रुपैयाँले घटेको छ । महामारीका कारण फूलमालाको अत्यधिक खपत हुने होटेल, रेष्टुरा साथै बिबाह,भोजभतेर, अनुष्ठानलगायतका कार्यक्रमसमेत नराम्ररी प्रभावित हुँदा फूलमालाको वार्षिक कारोबारमा कमि आएको हो । नेपाल पुष्प व्यवसायी महासंघका अनुसार कोरोना महामारी अघि आव २०७५/ ७६ मा नेपालमा फूलमालाको वार्षिक कारोबार २ अर्ब ४२ करोड रुपैयाँ बराबर रहेको थियो भने आव २०७७/ ७८ सम्म आइपुग्दा यो कारोबार १ अर्ब २१ करोड रुपैयाँले घटेर १ अर्ब ६३ करोडमा रुपैयाँमा झरेको छ ।  महासंघका अध्यक्ष मिनबहादुर तामाङले  महामारीका समयमा पुष्प व्यवसायसँग सम्बन्धित सम्पुर्ण व्यवसायहरु ठप्प हुँदा ठूलो रकममा कारोबार घटेको बताए ।उनका अनुसार समग्रमा हेर्दा सामान्य अवस्थामा प्रत्येक वर्ष नेपालमा फूलमालाको माग १० देखि १५ प्रतिशत बढीरहेको हुन्थ्यो । त्यसैले उत्पादन पनि बढाउँदै लगिएको थियो । यद्यपि पछिल्लो समयमा कोरोना महामारीले गर्दा बजार नराम्ररी प्रभावित भएपछि त्यसको प्रत्यक्ष असर वार्षिक कारोबारमा परेको हो । अघिल्ला वर्षहरुमा तिहारको समयमा मात्र सयपत्री, मखमली र गोदावरीको करीब २२ लाखभन्दा धेरै माला खपत हुने गरेको भएपनि महामारी पश्चात यो तिहार लक्षित कारोबार पनि घटेको छ । गत वर्ष १३ करोड रुपैयाँ बराबरको १८ लाख माला मात्र खपत भएको थियो । यसवर्षको तिहारमा पनि साढे १८ लाख माला मात्र खपत हुने अनुमान छ । खपत हुने कुल साढे १८ लाख मालामध्ये सयपत्री फूलका १३ लाख माला, गोदावरी र मखमली फूलका ३ लाख मालागरी १६ लाख माला नेपाली किसानको आफ्नै उत्पादन हुनेछ भने २ लाख ५० हजार माला बजारमा अपुग देखिएकाले अपुग माला आयात गर्नुपर्ने छ । तर अबैधानिक रुपमा भारतबाट आवश्यकताभन्दा बढी माला आयात भइरहेको भन्ने खवर सुन्नमा आएको छ । त्यसैले मूल्यमा तलमाथि भएर नेपाली किसान मर्कामा पर्नसक्ने सम्भावना पनि छ,’ तामाङले भने । ९१ प्रतिशत माग आन्तरिक उत्पादनले धान्छ नेपालमा वार्षिक रुपमा खपत हुने फूलमालाको करीब ९१ प्रतिशत बजार माग आन्तिरक उत्पादनले धान्ने गरेको छ भने करीब २४ करोड २० लाख रुपैयाँको फूलमाला हरेकवर्ष अपुग हुने भएकाले उक्त परिमाणमा फूलमाला भारत लगायतका मुलुकबाट आयात गर्ने गरिन्छ । यद्यपि गत वर्ष महामारीका कारण व्यवसायीहरु थप लगानी गर्न डराएपछि उत्पादन घट्न गई आयात केहि बढेको छ । नेपालमा फूलमालाको कुल कारोबारको ६० प्रतिशत खपत काठमाडौं उपत्यकामा हुनेगर्दछ भने बाँकी ४० प्रतिशत उपत्यका बाहिर हुने गर्दछ । उपत्यका भित्रका मानिसहरुमा सबै कार्यक्रममा फूलको प्रयोग गर्ने बानिको बिकास भएकाले काठमाडौंमा बढी खपत भएको महासंघले जनाएको छ । महासंघको तथ्याङ्क अनुसार देशभरीमा ६ अर्ब रुपैयाँ बराबरको लगानी रहेको पुष्प व्यवसाय हाल ४४ ओटा जिल्लामा फैलिएको छ । जसबाट ७०० जनाभन्दा बढी व्यवसायीका साथै प्रत्यक्ष र अप्रत्यक्ष रुपमागरि ४३ हजार मान्छेले रोजगारी पाएका भएपनि हाल महामारीका कारण ३ हजार मानिसले रोजगारी गुमाएका छन् । गत वर्षको कोरोना महामारीको समयमा सरकारले पुष्प व्यवसायलाई अत्यावश्यक क्षेत्रमा वर्गिकरण नगरेपछि व्यवसायीहरु आफ्नो वासस्थानदेखि नर्सरीसम्म जान नसक्दा अधिकांस बोटविरुवाहरु मरेपछि ठूलो क्षति भएको थियो । बिरुवा बचाउन पाएको भए एउटा बिरुवाले ३ देखि ५ वर्षसम्म उत्पादन दिने व्यवसायीहरुको भनाइ छ । पछिल्लो समय होटेल, रेष्टुरा लगायतका व्यवसाय खुलेसँगै खपत बढेको छ तर महामारीको त्रासका कारण व्यवसायीले लगानी नगरेकाले उत्पादन कम हुँदा माग धान्न पनि समस्या भइरहेको छ । बजारलाई पुनः पहिलेकै अवस्थामा सुचारु गर्न थप लगानीको आवश्यकता रहेको उनीहरुको भनाइ छ । प्रत्येक वर्ष ६० जनाको हाराहारीमा नयाँ व्यवसायी थपिने क्रम जारी छ । थप लगानी बढाउन सकिएमा आत्मनिर्भर भएर निर्यात पनि गर्न सकिने अवस्था भएकाले नेपालमा फूल व्यवसायको सम्भावना निकै राम्रो रहेको उनीहरुले बताएका छन् ।