काठमाडौँ – दाङ १ बाट प्रतिनिधिसभामा निर्वाचित प्रतिनिधिसभा सदस्य एवं शहरी विकासमन्त्री मेटमणि चौधरीले २५ हजार जरिवाना बुझाएका छन्। निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरेको अभियोगमा उनीमाथि जरिवाना गर्ने निर्णय गरेको थियो। चौधरीले निर्वाचन परिणाम आए लगत्तै आयोग समक्ष जरिवाना बुझाएका हुन्।