काठमाडौं : निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबारे छानबिन सुरु भइसकेकाे बताएका छन्। अध्यक्ष भट्टराईले मतदान गरेको फोटो सार्वजनिक गरेपछि त्यसबारे आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख थपलिया भने, ‘बाबुराम भट्टराईको ट्वीट पढेँ। मैले आस्थाको व्यक्ति सोचेको थिएँ। फेसबुक र सामाजिक सञ्जालबाट बहिर आएको छ। म आश्चर्यचकित भएको छु। आयोगले उहाँहरुले बनाएको कानुन मान्ने हो।’उनीमाथि छानविन गरी कानुनअनुसार कारबाही हुने पनि थप