कात्तिक १८, वासिङ्टन । अमेरिकी अग्रिम अन्तरराष्ट्रिय व्यापार घाटा सेप्टेम्बरमा उच्च रेकर्ड भई ८० दशमलव ९ अर्ब अमेरिकी डलर पुगेको अमेरिकी वाणिज्य विभागले बताएको छ ।
यो तथ्याङ्कले ढुवानीभन्दा अगाडि गरिएको भुक्तानीलाई जनाउँछ र यो ११ प्रतिशतको वृद्धि हो । अमेरिकी तथ्याङ्क विभाग र अमेरिकी आर्थिक विश्लेषण विभागले सेप्टेम्बर महीनामा समान तथा सेवा घाटा ८० दशमलव ९ अर्ब अमेरिकी डलर भएको घोषणा गरेको छ । अगस्तमा यो घाटामा ८ दशमलव १ अर्ब अमेरिकी डलरबाट बढेर ७२ दशमलव ८ अर्ब अमेरिकी डलर पुगेको थियो ।
विभागको पूर्व प्रक्षेपण अनुसार सेप्टेम्बरमा निर्यात २०७ दशमलव ६ अर्ब अमेरिकी डलर थियो जुन अगस्तमा भन्दा ६ दशमलव ४ अर्ब अमेरिकी डलर कम हो भने सेप्टेम्बर महीनामा आयात २८८ दशमलव ५ अर्ब अमेरिकी डलर पुगेको छ । अगस्तमा भन्दा १ दशमलव ७ अर्ब अमेरिकी डलर बढी सेवा तथा सामान विदेशबाट आयात गरिएको थियो ।
सामान तथा सेवा घाटामा सेप्टेम्बरको वृद्धिले ८ दशमलव ९ अर्ब अमेरिकी डलर बढेर ९८ दशमलव २ अर्ब अमेरिकी डलर पुगेको तथ्याङ्कमा छ ।
सन् २०२० देखि अन्तरराष्ट्रिय व्यापार घाटा १५८ दशमलव ७ अर्ब अमेरिकी डलर वा ३३ दशमलव १ प्रतिशत बढेको देखिएको छ । अमेरिकी आयात ४३२ दशमलव ८ अरब अमेरिकी डलर वा २१ दशमलव १ प्रतिशतले बढेपछि निर्यात २७४ दशमलव १ अर्ब अमेरिकी डलर वा १७ दशमलव ४ प्रतिशत कायम भएको हो । रासस / एएनआई