मुद्दा सम्बोधन गर्नमा प्रधानमन्त्री सकारात्मक :अध्यक्ष ठाकुर

जनकपुर जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफुहरुले अघि सारेको मांगहरु प्रति प्रधानमन्त्री सकारात्मक रहेको पाइएको बताएका छन । प्रदेश नम्बर २ को उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय जनकपुरधामले आयोजना गरेको होली ...

सम्बन्धित सामग्री

जसपाका मुद्दालाई चाँडो सम्बोधन गर्न ठाकुरको आग्रह

प्रधानमन्त्रीसँगको भेटमा पार्टीले उठाएका मुद्दालाई यथासक्य चाँडो सम्बोधन गर्न आग्रह गरिएको ठाकुर निकट एक नेताले जानकारी दिए । यसअघि मङ्गलबार जसपा अध्यक्ष ठाकुर पक्षको कार्यकारिणी समितिको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा प्रतिबद्धता जनाए अनुरुपका विषय चाँडो पूरा गराउन माग गरेको थियो ।

जसपा अध्यक्ष ठाकुर र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

काठमाडौं।जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्। बुधवार बिहान बालुवाटारमा पुगेर प्रधानमन्त्री देउवासँग ठाकुरले कुराकानी गरेका हुन्। भेटमा प्रधानमन्त्री देउवा र अध्यक्ष ठाकुरबीच जसपाले उठाउँदै आएका मागलगायत विषयमा छलफल भएको ठाकुरनिकट एक नेताले जानकारी दिए। देउवालाई संसदमा ठाकुर पक्षले पनि विश्वासको मत दिएको थियो।त्यसअघि देउवाले ठाकुर पक्षका नेताहरुसँगको छलफलमा उनीहरुका माग सम्बोधन गर्ने आश्वासन दिएका थिए।

संसदमा जसपाको दुईथरी कुरा: सरकारप्रति महन्थ नरम, उपेन्द्र कडा

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले दुईथरी कुरा राखे। प्रतिनिधिसभाको दोस्रो बैठकलाई सम्बोधन गर्ने क्रममा जसपा अध्यक्ष ठाकुर सरकारप्रति नरम भएर प्रस्तुत भए। महन्थले तटस्थ बस्ने भन्दै संविधान संशोधनको माग गरे। सरकारको आलोचना गरेनन्। तर,अर्का अध्यक्ष यादव भने सरकारप्रति आक्रामक ढंगले प्रस्तुत हुँदै प्रधानमन्त्री ओली र सरकारको कडा आलोचना गरे र विश्वासको मत नदिने बताए।