नवलपुर । नवलपुरलाई गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य मार्गका रुपमा हेरिएको डेढगाउँ–झ्यालबास सडकको भौतिक प्रगति आठ प्रतिशत पुगेको छ । प्रदेशको गौरवको आयोजनाका रुपमा हेरिएको डेढगाउँ–झ्यालबास सडकको गत वैशाखबाट निर्माण सुरु गरिएको थियो ।
धनगढी– क्षेत्रीय सहरी विकास कार्यक्रमअन्तर्गत निर्माण भइरहेका धनगढीका सडकको ठेक्कामा दोस्रो पटक थपिएको म्याद सकिन अब २२ दिन बाँकी छ । तर निर्माण कार्य अझै अधुरै छ । संघीय आयोजना कार्यान्वयन इकाई धनगढीका अनुसार ती सडकको भौतिक प्रगति ८५ प्रतिशत भएको छ । इकाईका सूचना अधिकारी इन्जिनियर शौरभ कलौनीले १५ प्रतिशत काम बाँकी रहेको बताए […]
काठमाडौँ,१८ माघ । नवलपुरलाई गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य मार्गका रुपमा हेरिएको डेढगाउँ–झ्यालबास सडकको भौतिक प्रगति आठ प्रतिशत पुगेको छ । प्रदेशको गौरवको आयोजनाका रुपमा हेरिएको डेढगाउँ–झ्यालबास सडकको गत वैशाखबाट निर्माण सुरु गरिएको थियो । http://www.adbl.gov.np नवलपुरको झ्यालबास हुँदै डेढगाउँ र डेढगाउँबाट तनहँुको मानपुर फुला सडकमा जोडिएर पोखरासम्म पुग्ने यो सडकले जिल्लालाई प्रदेश राजधानी […]
गोलबजार– पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत सिरहाको कमला नदीबाट सप्तरी कञ्चनपुरसम्मको भौतिक प्रगति २५ प्रतिशत मात्र भएको छ । दुई वर्ष एक महिना अवधिमा ८६ किलोमिटर आठ सय २३ मिटर लम्बाइको सो सडकको न्यून प्रगति भएको हो । एसियाली विकास बैंकको सहयोगमा तीन वर्षमा काम सम्पन्न गर्ने भनी चाइना रेल्वे नम्बर २ इन्जिनियर गु्रपले ठेक्का लिई २०२० […]
दमौली । ठेक्का सम्झौता भएर काम नहुँदा अलपत्र बनेको तनहुँको भानु नगरपालिका–१३ स्थित चन्द्रावती ठूल्ढुङ्गा मोटरमार्गको प्रगति दुई वर्षमा १२ प्रतिशत मात्रै भएको छ । विसं २०७६ कात्तिक ४ गते ठेक्का लागेको उक्त सडकको भौतिक प्रगति दुई वर्षमा १२ प्रतिशत मात्रै छ । पूर्वाधार विकास कार्यालय तनहुँले मोटरमार्गको दस किमी खण्ड कालोपत्र, नाला निर्माण तथा […]
२ वर्षअघि नै सम्पन्न भइसक्नुपर्ने बेनी–जोमसोम–कोरोला सडकअन्तर्गत बेनी–जोमसोम सडकको भौतिक प्रगति जम्मा ६५ प्रतिशत मात्रै भएको छ । यसैगरी जोमसोम–कोरोला खण्डको काम ३ वर्षअघि नै सक्नुपर्नेमा अझै सकिएको छैन ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने नारायणगढ–बुटवल सडक खण्ड विस्तारको कामले गति लिन सकेको छैन । निर्माण सुरु भएको चार वर्ष बितेको छ । तर, प्रगति भने सन्तोषजनक छैन । यो सडकको भौतिक प्रगति हालसम्म २५ प्रतिशत मात्र छ ।