बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी, माधव नेपाल पनि सहभागी

काठमाडौं। सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। बैठकमा काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँगै गठबन्धन दलका अध्यक्षहरू पुष्पकमल दाहाल प्रचण्ड, उपेन्द्र यादव, चित्रबहादुर केसी सहभागी छन्। शेरबहादुर देउवा नेतृत्वमा सरकार बनेपछि वरिष्ठ नेता माधवकुमार नेपाल पहिलो पटक गठबन्धनको बैठकमा सहभागी भएका छन्। बैठकमा गठबन्धनलाई अझै मजबुत बनाउने, मन्त्रिपरिषद् विस्तार तथा समसामयिक राजनीतिबारे छलफल भइरहेको सचिवालयले जनाएको छ।

सम्बन्धित सामग्री

संसदीय समिति बैठकबाट बाहिरिए माधव नेपाल

नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकबाट बाहिरिएका छन् ।  अमेरिकन सहयोग स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी) का बारेमा जवाफ दिन प्रधानमन्त्री शेरबहादुर देउवा नआएपछि अध्यक्ष नेपाल बैठकबाट बाहिरिएका छन् ।समितिको बैठकमा पुगेका नेपाल प्रधानमन्त्री देउवा अनुपस्थिति हुने जनाएलगत्तै बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक छ भन्दै बाहिरिएका हुन । समितिको बैठक भने जारी छ ।

सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा जारी

काठमाडौं, १५ फागुन । पाँच दलिय सत्तारुढ गठबन्धनको बैठक जारी रहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधव नेपाल, जसपाको अध्यक्ष उपेन्द्र यावद लगायतका  नेताहरु पनि उपस्थित छन् । बैठकमा एमसीसी लगायतको विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । […]

विना निष्कर्ष सकियो गठबन्धनको बैठक

काठमाडौं : सत्तारुढ गठबन्धनको बैठक सकिएको छ।  बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको बैठक विनानिष्कर्ष सकिएको हो। यस अघि बिहिबार बसेको गठबन्धनको बैठकमा सहमति हुन नसकेपछि बैठक आज फेरी बोलाइएको थियो। आज पनि बैठकमा सहमति नजुटेपछि अर्को बैठक आइतबार बिहान ८ बजे बस्ने गरी स्थगित गरिएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ। आज बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल

माधव नेपाल अस्वस्थ भएपछि गठबन्धनको बैठक अनिश्चित

काठमाडौँ-  प्रधानमन्त्री शेरबहादुर देउवाले आजका लागि बाेलाएको सत्तारुढ गठबन्धनको बैठक अनिश्चित भएकाे छ । बालुवाटारमा आज बस्ने बैठकमा कसले कुन मन्त्रालय कसले पाउने भन्ने निर्क्यौलपछि मात्रै  मन्त्रिपरिषद् विस्तार हुने बताइएकाे थियो । तर माधव नेपाल विरामी परेपछि बैठक नै अनिश्चित भएको हो । प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले बैठक बस्ने भनिए नेपाल बिरामी भएकाले […]

मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दै

काठमाडौं : सत्तारुढ गठबनधनको बैठक आज बस्दैछ। विहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए।गठबनन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), एमालेको माधव नेपाल समूह र राष्ट्रिय जनमोर्चा रहेका छन्। बैठकमा मन्त्रिपरिषद विस्तारका विषयमा छलफल हुने बताइएको छ।जसपाले आधिकारिकताको टुंगो लागेपछि सरकारमा जाने बताएकाले बुधबार गठबन्धनको बैठक बोलाइएको हो। जनमोर्चाले आफू सरकारमा नजाने बताइसकेको छ। गठबन्धनक

माओवादी बैठकमा प्रचण्डको ब्रिफिङ– माधवजीहरू पनि सरकारमा सहभागी हुनुहुन्छ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेको माधव नेपाल समूह पनि सरकारमा सहभागी हुने संकेत गरेका छन् । मंगलवार बसेको स्थायी कमिटी बैठकमा प्रचण्डले नेपाल समूह सरकारमा सहभागी हुने बताएका हुन् ।  त्यसका लागि सत्तारुढ गठबन्धनको बैठक भोलिका लागि तय भएको जानकारी प्रचण्डले गराएको एक स्थायी कमिटी सदस्यले लोकान्तरले जानकारी दिए । ‘सत्तारुढ गठबन्धनको भोलिका लागि तय भएको बैठकले मन्त्रालयको भागबण्डा टुंग्याउँछ । त्यसपछि हामीहरू बसेर मन्त्री छानौंला,’ प्रचण्डले गरेको ब्रिफिङबारे ती सदस्यले लो...

बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक, माधव नेपाल पनि सहभागी

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको एमाले वरिष्ठ नेता माधव कुमार नेपाल पनि सहभागी छन् ।

बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक, माधव नेपाल पनि सहभागी

काठमाडौं । बालुवटारमा सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ । उक्त बैठकमा एमाले नेता माधव नेपाल पनि सहभागी रहेका छन् ।

सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा, माधव नेपाल पनि सहभागी

सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बसिरहेको छ । शनिबार साँझ बसेको बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल,...

सत्तारुढ गठबन्धनको बैठक, माधव नेपाल उपस्थित भएनन्

काठमाडौं। सत्तारुढ गठबन्धनको बैठक नेता माधव कुमार नेपाल सहभागी भएका छैनन्। सिंहदरबारमा आज बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको सहभागिता रहेको छ। नेता नेपालले सर्वोच्च अदालतको निर्णयपछि गठबन्धनमा सहभागिता हुने बताएका थिए । सरकार बनेपछि प्रधानमन्त्रीसहितको बसेको बिहीबारको बैठकमा भन उनी पुगेनन्।