राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दै, निर्वाचनमा समानुपातिक समावेशी प्रतिनिधित्वको सुनिश्चितता बारे छलफल हुने

काठमाडौं, १८ माघ। आज राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बिहान ११ बजे समितिको बैठक कक्षमा बस्दैछ। आजको बैठकमा राष्ट्रिय सभाका समिति सभापतिहरु, राष्ट्रिय सभा र प्रतिनिधि सभाका सदस्यहरु, संविधान सभाका सदस्यहरु, प्रमुख निर्वाचन आयुक्त र आयुक्त माधव पौडेल, तिर्थमान शाक्य, महान्यायधिवक्ता दिनमणि पोखरेल लगायतलाई बोलाइएको छ। बैठकमा निर्वाचनमा समानुपातिक समावेशी प्रतिनिधित्वको सुनिश्चितता र निर्वाचन सम्बन्धी कानूनका बारेमा छलफल हुनेछ।

सम्बन्धित सामग्री

संघीय संसद्‌का तीन समितिको बैठक बस्दै - NepaliPatra

काठमाडौं । संघीय संसद्‌का तीन समितिको बैठक बस्दैछ । संसद्‌ सचिवालयका अनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, राष्ट्रिय सरोकार तथा समन्वय समिति र दिगो विकास तथा सुशासन समितिको बैठक बस्न लागेको हो । तीन वटै समितिको बैठक आज बिहान ११ बजेदेखि सुरू हुनेछ । शिक्षा समितिमा सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल हुनेछ भने राष्ट्रिय […]

राष्ट्रिय सभाका समिति पुनर्गठन

राष्ट्रिय सभाका समिति पुनर्गठन गरिएका छन् । राष्ट्रिय सभाको सोमबारको बैठकमा समिति गठन गरिएको हो । दलहरूबीचमा छलफल गर्न बाँकी रहेको हुँदा समितिका सभापति चयन भने भइसकेको छैन । दलहरूको सहमतिका आधारमा समितिका सभापति चयन गर्ने प्रचलन छ । राष्ट्रिय सभा नियमावलीअनुसारमा समितिको कार्यकाल दुई वर्षको हुन्छ । राष्ट्रिय सभामा विधायन व्यवस्थापन, दिगो विकास तथा सुशासन, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन र राष्ट्रिय सरोकार तथा समन्वय समिति रहेका छन् ।

‘गुठीका जग्गा संरक्षणका लागि सरकार लागि परेको छ’

काठमाडौं । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले गुठीका जग्गाहरु संरक्षण गर्नका निम्ती सरकार लागिरहेको बताएकी छिन् । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति पशुपति क्षेत्र विकास कोष अध्ययन अनुगमन समितिले तयार गरेको मस्यौदा अध्ययन प्रतिवेदनमाथी आज आइतबार समितिले गरेको छलफल कार्यक्रममा बोल्दै मन्त्री अर्यालले त्यस्तो धारणा राखेकी हुन् । गुठीका जग्गाहरु …