राष्ट्रिय सभाका समिति पुनर्गठन

राष्ट्रिय सभाका समिति पुनर्गठन गरिएका छन् । राष्ट्रिय सभाको सोमबारको बैठकमा समिति गठन गरिएको हो । दलहरूबीचमा छलफल गर्न बाँकी रहेको हुँदा समितिका सभापति चयन भने भइसकेको छैन । दलहरूको सहमतिका आधारमा समितिका सभापति चयन गर्ने प्रचलन छ । राष्ट्रिय सभा नियमावलीअनुसारमा समितिको कार्यकाल दुई वर्षको हुन्छ । राष्ट्रिय सभामा विधायन व्यवस्थापन, दिगो विकास तथा सुशासन, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन र राष्ट्रिय सरोकार तथा समन्वय समिति रहेका छन् ।

सम्बन्धित सामग्री

राष्ट्रिय सभाका चार विषयगत समितिका सभापति सर्वसम्मत चयन

काठमाडौं : राष्ट्रिय सभाका चार विषयगत समिति सभापति सर्वसम्मत चयन भएका छन्। भदौ २३ गते सभापतिको निर्वाचन हुँदैछ। प्रत्येक दुई वर्षमा समिति पुनर्गठन र सभापति चयन हुने नियमावलीको व्यवस्था अनुसार सभापति चयन हुन लागेको हो। राष्ट्रियसभा नियमावलीको नियम १५० बमोजिम सभाध्यक्ष गणेश तिमिल्सिनाले निर्वाचनको मिति तोकेका हुन्। आज चार समितिको सभापतिमध्ये दिगो…

राष्ट्रिय सभाका समितिले भदौ २३ गते सभापति पाउने, यस्तो छ चुनावी कार्यतालिका

काठमाडौंः राष्ट्रिय सभाका चार विषयगत समिति सभापति चयन भदौ २३ गते हुने भएको छ। प्रत्येक दुई वर्षमा समिति पुनर्गठन र सभापति चयन हुने नियमावलीको व्यवस्था अनुसार सभापति चयन हुन लागेको हो। राष्ट्रियसभा नियमावलीको नियम १५० बमोजिम सभाध्यक्ष गणेश तिमिल्सिनाले निर्वाचनको मिति तोकेका हुन्।  सोही अनुसार सचिवालयले कार्यतालिका प्रकाशन गरेको छ।…