पर्वत : हिमपातले सडक यातायातमा आएको समस्याका कारण बागलुङको दुर्गम क्षेत्रकी एक सुत्केरीलाई स्वास्थय समस्या भएपछि ३ घण्टा हिँडेर पुगेका स्वास्थ्यकर्मीले उद्धार गरेका छन्।गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय अन्तर्गतको प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माका अनुसार बागलुङको बडीगाड गाउँपालिका–३ सिसाखानीस्थित सत्डाँडाकी २६ वर्षीया सीता सामलको उद्धार गरिएको हो।घरमा नै आइतबार राति करिब एक बजे सुत्केरी भएकी सामलको साल अड्किएपछि तत्कालै उपचारको आवश्यकता देखिएको थियो