मोरङ जिल्लाका एक माओवादी नेताले हामीलाई फोन गरेर सोधे– स्थानीय तहको प्रमुख वा उपप्रमुखमध्ये एउटा पदमा मात्र उम्मेदवारी दिँदा महिलालाई उठाउनुपर्ने निर्वाचन आयोगले भनेको रहेछ, गठबन्धन गरेर उम्मेदवारी दिँदा दुबै दलले महिला नै उठाउनुपर्ने हो र ?त्यसैगरी अर्का एकजना दलका कार्यकर्ताले सोधे– निर्वाचन आचार संहिता र उम्मेदवारको स्वघोषणा सम्बन्धी प्रावधानमा ठेकेदारले उम्मेदवार बन्न नपाउने भनिएको रहेछ, कस्तो ठेकेदारले पालिकामा उठ्न नपाउने हो ? क्रसर व्यवसायीले उठ्न पाउँछ कि पाउँदैन ?बैशाख ३० को