महिला हिंसाविरुद्ध ६ बुँदे घोषणा पत्र जारी गर्दै दुई दिने दक्षिण एसियाली महिला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको समापन गर्दै सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले सम्मेलनले महामारी र जलवायु परिवर्तनजस्ता प्रकोपबाट महिला र किशोरीमाथि हुने असरलाई कम गर्न सहयोग पुर्याउने बताइन् ।महिला र किशोरी विरुद्धको हिंसा अन्त्यका लागि दक्षिण एसियाली महिला अधिकारकर्मीले विश्वव्यापी सन्धीको आह्वान गरेका छन् । नेपाल, अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंकाका वरिष्ठ महिला अधिकारकर्मी सहभाग