गठबन्धनका तर्फबाट नेपाली कांग्रेसले पहिलो सरकारको नेतृत्व गर्ने र राष्ट्रपति पनि कांग्रेसकै हुनुपर्ने अडान राखेपछि माओवादी अधयक्ष प्रचण्डले गठबन्धन धरापमा परेको सन्देश दिनुभएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले २/२ वर्ष सरकारको नेतृत्व गरेपछि प्रतिनिधिसभाको कार्यकालको बाँकी एक वर्ष एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकार चलाउने विकल्पमा पनि छलफल भइरहेको छ …