काठमाण्डाै – नेकपा एमालेका स्थायी कमिटी नेता लेखराज भट्टले पार्टीको सुदूरपश्चिम प्रदेशको इन्जार्च आफू नै रहेको दाबी गर्नुभएकाे छ । १० बुँदे सहमति कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न गठित पार्टीको उच्चस्तरीय कार्यदलको आज मङ्गलवार पार्टी केन्द्रीय कार्यालय थापाथलीमा बसेको बैठकपछि नेता भट्टले यस्ताे बताउनुभएकाे हाे । नेता भीम रावल र भट्टबीच सुदूरपश्चिम प्रदेशको पार्टीको इन्जार्चको विषयलाई लिएर विवाद छ । कार्यदलका संयोजकसमेत रहनुभएका रावलले याे विवाद पनि १० बुँदे सहमति कार्यान्वयनकै क्रममा समाधान भएर जाने वि...