सिन्धुलीको मरिणमा मतगणना प्रारम्भ

स्थानीय तहको शुक्रबार भएको निर्वाचनको विभिन्न पालिकामा मतगणना सुरु भएका छन् । जिल्लाको मरिण गाउँपालिकामा मतगणना सुरु भएको छ । अन्य स्थानीय तहमा पनि मतगणना गर्न सर्वदलीय बैठक बस्दैछ ।मरिणको वडा नं १ बाट मतगणना सुरु गरिएको हो । हालसम्म ५४३ मतगणना सम्पन्न भएको जनाइएको छ । यस्तै हरिहरपुरगढी गाउँपालिकामा मतगणनाको तयारी गरिएको छ । बिहान ७ बजेदेखि मतगणना गर्ने सहमति भए पनि ढिलागरी मतगणना सुरु हुन लागेको हो । दुधौली नगरपालिका, तीनपाटन गाउँपालिका, फिक्कल गाउँपालिका, कमलामाई नगरपालिका, घ्याङलेख गाउँप

सम्बन्धित सामग्री

दोलखामा मतगणना सुरू

दोलखामा प्रतिनिधिसभा सदस्यका लागि अहिले ९ बजेबाट मतगणना  सुरू भएको छ ।  मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार दोलखाको गौरीशङ्कर क्याम्पसमा ९ बजे मतगणना सुरू भएको हो । आज प्रतिनिधिसभा सदस्यको मतगणना सुरू हुने र भोलिबाट प्रदेशसभा सदस्यको पनि मतगणना गर्न सुरू गरिने जनाइएको छ । दोलखामा प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का  गङ्गा कार्की, नेकपा (एमाले) बाट बालकृष्ण शिवाकोटीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।  दोलखाको १० मतदा

हुम्लामा मतगणना सुरु

काठमाण्डाै – हुम्लामा चार दिनपछि मतगणना सुरु भएको छ । बेललुकी ७ बजेदेखि मतगणना हुने भनिए पनि एक घण्टा ढिलो गरी सुरु भएको छ । मतगणना सम्पन्न हुन दुई दिनभन्दा बढी लाग्ने बताइएको छ ।

बैतडीमा मतगणना जारी

बैतडी– प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ अन्तर्गत  बैतडीमा पनि मतगणना सुरु भएको छ । मतगणना कार्य आज अपराह्न साढे ४ बजेदेखि सुरु भएको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताएका छन् ।  सदरमुकामस्थित जिल्ला अस्पतालको नवनिर्मित भवनको दोस्रो तलामा मतगणना थालिएको हो । प्रतिनिधि र प्रदेशसभातर्फ प्रत्यक्षको मतगणना सुरु भएको र त्यसपछि समानुपातिकको मतगणना गरिनेछ […]

सल्यानमा मतगणना सुरु

सल्यान  : सल्यानमा मतगणना सुरु भएको छ।  दिउँसो सवा एक वजे देखि मतगणना सुरु भएको हो।  एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको सल्यानमा एकै पटक संघ र प्रदेशको मतगणना सुरु गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानले जनाएको छ। मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमले  जिल्लाका १० स्थानीय तहमध्ये कालिमाटी गाउँपालिका र कुमाख गाउँपालिका वाट मतगणना सुरु गरिएको बताए। उनका अनुसार विहान ११ बजे मतगनना हुने भनिएपनि प्राविधिक कारण ढिलाई भएको हो। मतगणना संघ र प्रदेशको गरी चार स्थानमा गणन

मकवानपुरमा मतगणना सुरु

५ मंसिर, हेटौंडा । मकवानपुरमा पनि मतगणना सुरु भएको छ । क्रमश: प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन क्षेत्रको प्रत्येक्ष र समानुपातिकतर्फको मतगणना सुरु गरिने  सहायक निर्वाचन अधिकृत तीर्थराज भट्टराईले जानकारी दिए । १० स्थानबाट मतगणना गरिने उनले बताए । बिहान बसेको सर्वदलीय बैठकबाट ११ बजेदेखि मतगणना सुरु गर्ने सहमति गरे पनि प्रतिनिधिहरूको पास बनाउन समय […]

मध्यविन्दुको मतगणना सुरु

नवलपरासीको मध्यविन्दु नगरपालिकाको मतगणना सुरु भएको छ । जिल्लाको सातवटा स्थानीय तहमा शुक्रबार रातिदेखि नै मतगणना सुरु भएको भए पनि मध्यविन्दुमा भने शनिबार साँझ ६ः३० बजेदेखि मतगणना सुरु भएको हो । मतगणना गर्ने विषयमा बसेको सर्वदलीय बैठक कुनै निर्णय आउन सकेको छैन । दलले निर्णय लिन नसकेपछि मतगणना सुरु भएको मध्यविन्दु नगरपालिकाका निर्वाचन अधिकृत महेन्द्र पौडेलले जानकारी दिए । सदर गर्ने मत र बदर गर्ने मतको विषयमा सहमति जुटेपछि मध्यविन्दुको वडा नं १ बाट मतगणना सुरु गरिएको पौडेलले बताए । पन्ध्र वटा व

ललितपुर महानगरकाे मतगणना सुरु

ललितपुर – पालिका चुनाव अन्तर्गत ललितपुर महानगरपालिकामा मतगणना सुरु भएकाे छ । जावलाखेलकाे स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा मतगणना सुरु भएको हो । अहिले ललितपुर महानगरकाे वडा नम्बर १ बाट मतगणना सुरु भएकाे हाे । अब बिस्तारै अन्य वडाको पनि मतगणना हुनेछ ।

उदयपुरमा पनि मतगणना सुरु

उदयपुरमा मतगणना सुरु भएको छ । शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनअन्तर्गत  विभिन्न ४ वटा पालिकामा मतगणना सुरु भएको हो।   निर्वाचन अधिकृतको कार्यालयका अनुसार चौदण्डीगढी नगरपालिकासहित ताप्ली, लिम्चुङबुङ र रौतामाई गाउँपालिकामा मतगणना भइरहेको हो ।

चितवनमा आजैबाट मतगणना हुने

चितवनमा आजै देखि मतगणना हुने बताइएको छ । सबै मत पेटी संकलन गरेर सर्वदलीय बैठक सम्पन्न भए लगत्तै मतगणना हुन जिल्ला निर्वाचन कार्यलय चितवनका निर्वाचन अधिकृत भिमसेन कार्कीले बताए । मतदान...

सहमहामन्त्रीको मतगणना सुरु

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री पदको मतगणना सुरु भएको छ। महामन्त्रीको मतगणना सकिएलगत्तै सहमहामन्त्रीको मतगणनाको तयारी गरिएको थियो। हो। निर्वाचन समितिका  सचिव गोपालकृष्ण घिमिरेका अनुसार सहमहामन्त्री पदको महिला, जनजाति र...