तुल्सीपुर उपमहानगरमा एमालेको अग्रता, कसले कति मत ल्याए ?

दाङको तुल्सीपुर उपमहानगरपालिकामा अहिलेसम्म ४९०३३ मतगणना गरिएको छ । पछिल्लो मत परिणामअनुसार सो उपमहानगरमा एमालेबाट मेयरका उम्मेदवार टिकाराम खडकाले २०८९४ मत ल्याएर अग्रता कायम गरिरहेका छन् भने काँग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले १८९४० मत ल्याएर दोश्रो स्थानमा रहेका छन् ।एमालेका उम्मेदवार खड्काले १९५४ मतान्तरसहित अग्रता लिइरहेका छन् । त्यस्तै एमालेबाट उपमेयरका उम्मेदवार स्यानी चौधरीले २०३११ मत ल्याएर अग्रता लिइरहेकी छन् भने नेकपा एकीकृत समाजवादीका उम्मेदवार जोगबहादुर राणाले १४०२३ मत ल्याएका छन् ।

सम्बन्धित सामग्री

तुलसीपुर उपमहानगरमा एमालेको अग्रता

दाङ : तुलसीपुर उपमहानगरपालिकामा अहिलेसम्म भएको मतगणनामा नेकपा एमालेले अग्रता लिएको छ।२९ हजार ७५७ मत गणना हुँदा एमालेका प्रमुख पदका उम्मेदवार टिकाराम खड्का ३८९ मतले अगाडि छन्। उनले १२ हजार ४२९ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदवार गेहेन्द्र गिरीले १२ हजार ४० मत ल्याएका छन्।यस्तै, उपप्रमुखमा एमालेबाट स्यानी चौधरीले ११६६७ मत ल्याएकी छन् , भने गठबन्धनबाट  नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार जोगबहादुर राणा मगरले ९ हजार १ सय ९० मत ल्याए