सम्पत्ति शुद्धीकरण र भ्रष्टाचारसम्बन्धी मुद्दा हेर्ने विशेष प्रकृतिको अदालत हो, विशेष अदालत । यस अदालतमा इजलास गठन हुँदा नै तीन सदस्य सम्मिलित अर्थात् पूर्ण इजलास गठन हुने कानुनी व्यवस्था छ । तर गत साउन महिनादेखि दुई न्यायाधीशको भरमा विशेष अदालत चलिरहेको छ ।विशेष अदालतको गठन नै विशेष प्रकृतिको छ । संवैधानिक निकायहरूबाट आउने भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण लगायतका मुद्दाहरू हेर्ने यो अदालत विगत ६ महिनादेखि न्यायाधीशविहीन जस्तै बनेको छ । उच्च अदालतका ६ जना न्यायाधीश नै अध्यक्ष र सदस्य रहने यो अद