पिथौरागढ – बझाङको देउलेकका परमले बोहरा ३५ वर्षदेखि भारतीय सहर पिथौरागढमा भारी बोक्दै आएका छन्। उनी भारी बोकेरै पाँच छोराछोरीको लालनपालन गर्दै आएका छन्। पिथौरागढको सिमलगैर बजारमा मजदुरी गर्दै आएका बोहरा भारी बोकेर पाउने रकमले घरखर्चको जोहो गर्न सहज भएको बताउँछन्। ‘नेपालमा रोजगारी पाइँदैन, यहाँ आउने बित्तिकै काम पाइन्छ,’ नौ वर्षको उमेरदेखि पिथौरागढमा भारी बोक्दै […]