सिभिल सहकारी प्रकरण : इच्छाराज तामाङ पत्नी पनि पक्राउ

३ साउन, काठमाडौं । सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाका पूर्वअध्यक्ष इच्छराज तामाङकी श्रीमती सिर्जना शाक्य तामाङ पक्राउ परेकी छन् । ठगी सम्बन्धी कसूरमा फरार रहेकी तामाङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार काठमाडौंबाट पक्राउ गरेको हो । शाक्य संस्थामा लेखा समिति सदस्य थिइन् । सीआईबीका एसपी श्यामकुमार महतोका अनुसार सिभिल सहकारीमा भएको पाँच […]

सम्बन्धित सामग्री

सिभिल सहकारी प्रकरण: मुख्य अभियुक्त इच्छाराज तामाङकी पत्नी पक्राउ

काठमाडौँको सिभिल सेभिङ एन्ड क्रेडिट सहकारी संस्थाबाट बचतकर्ताको ठूलो रकम ठगीमा मुछिएका मुख्य अभियुक्त इच्छाराज तामाङकी पत्नी सिर्जना शाक्य तामाङलाई प्रहरीले आज पक्राउ गरेको छ । काठमाडौँ जिल्ला अदालतबाट गत पुस २७ मा पक्राउ पुर्जी जारी भई फरार रहेका सहकारीको तत्कालीन लेखा समिति सदस्य तामाङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले काठमाडौँस्थित रामशाहपथबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कानूनी कारबाहीका लागि आजै काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको ब्यूरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए । उनीहरुको मिलेमतोमा काठमाडौँ महानगरपालिका–१३, सोल्टीमोडस्थित उक्त सहकारी संस्थामा आकर्षक ब्याजदर दिनेलगायत विभिन्न प्रलोभनमा पारी ठूलो सङ्ख्याका बचतकर्तालाई रकम जम्मा गर्न लगाई सङ्गठितरूपमा रु पाँच अर्ब ८४ करोड ४० लाख ठगी भएको खुल्न आएको थियो । उक्त सहकारीमा विगत तीन वर्षदेखि बचत गरेको रकमको साँवा तथा ब्याज माग गर्दा नदिइएको भन्दै एक हजार ५३० जना पीडितले ब्यूरोमा ठगी एवं सङ्गठित अपराध कसुरमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा अनुसन्धान सम्पन्न गरी ब्यूरोले गत मङ्सिर १७ गते संस्थाका पूर्वअध्यक्ष इच्छाराज तामाङसहित १२ जना प्रतिवादीलाई पक्राउ गरी काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । हाल प्रतिवादी इच्छाराज तामाङ र केशवलाल श्रेष्ठ पुर्पक्षका लागि कारागारमा छन् ।

सिभिल सहकारी ठगीका मुख्य आरोपी पूर्वसांसद इच्छाराज तामाङ जेल चलान

काठमाण्डाै - सिभिल सहकारी ठगीका मुख्य आरोपी पूर्वसांसद इच्छाराज तामाङ जेल चलान भएका छन् । तामाङसहित वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठ पनि पुर्पक्षका लागि जेल चलान भएका हुन् । सङ्गठित अपराध र ठगी मुद्दामा जिल्ला अदालत काठमाण्डौले झण्डै तीन हप्ता लामो थुनछेक बहसपछि उनीहरूलाई जेल चलानको आदेश दिएको हो । सीआईबीले पक्राउ गरेका १२ जनामध्ये अदालतले नौ जनालाई धरौटीमा छाड्ने तथा एक जनालाई साधारण तारेखमा छाड्ने आदेश दिएको छ । पक्राउ परेका हरिहर प्रसाद लामिछानेसँग ५० लाख, विजय विक्रम शाहसँग १५ लाख, भगवान बहादुर स...

सिभिल बैंकको अध्यक्षमा प्रतापजंग पाण्डे चयन

सिभिल बैंक Civil Bank Limited  को अध्यक्षमा प्रतापजंग पाण्डे चयन भएका छन् । आज बुधबार बसेको बैंकको संचालक समितिको बैठकले पाण्डेलाई अध्यक्ष चयन गरेको हो । बैंकका अध्यक्ष इच्छाराज तामांङ पक्राउ परेपछि पाण्डे अध्यक्ष चयन भएका हुन्। अध्यक्ष बन्नको लागि  अमिर बोगटी र प्रताप जंग पाण्डेबीच  प्रतिस्पर्धा तिब्र देखिएकोमा पाण्डे अध्यक्ष चयन भएका हुन् । त्यसो त सिभिल बैंकमा व्यक्तिगत रुपमा पाण्डेको नै सबै भन्दा बढी सेयर स्वामित्व रहेको छ। बैंकमा उनको करिब ४ प्रतिशत सेयर स्वामित्व रहेको छ भने अध्यक्ष इच्छाराज तामांगको ३.८ प्रतिशत शेयर रहेको छ। पाण्डेलाई अरु प्रमोटर डम्बर बहादुर मल्ल र अन्जन शाहले सघाउदा सहजै अध्यक्ष बनेका हुन्। मल्लको साढे तिन र शाहको साढे तिन गरि ७ प्रतिशत सेयर स्वामित्व रहेको छ। पाण्डे सिभिल बैंकले प्राप्ति गरेको आइएलएफसी फाइनान्सबाट आएका हुन्।पाण्डेसंगै सिभिल बैंकको अबको अध्यक्षमा अमिर बोगटीको पनि दाबि रहेको थियो । बोगटीको सेयर १ प्रतिशत भन्दा कम नै रहेपनि तामांङ यस अगाडी सांसद हुँदा बोगटीलाई अध्यक्ष बनाईएकाले अहिलेपनि उनी अध्यक्ष हुने सम्भावना उत्तिकै बलियो रहेको थियो । तर बिगतमा तामाङले इच्छाएका व्यक्तिको रुपमा बोगटीलाई लिईएको र अहिलेपनि उनको प्रतिनिधिको रुपमा हेरिने भएकाले बोगट अध्यक्ष बन्दा बैंकको ब्राण्डसँग इच्छाराज जोडिन सक्ने भएकाले अध्यक्षमा उनलाई चयन गर्न नहुने आवाज बैंकभित्र बलियो बनेको थियो।सिभिल सेभिङ एण्ड को–अपरेटिभको अर्बौं रुपैयाँ हिनामिना तथा ठगी गरेको अभियोगमा तामांङ पक्राउ परेकाले त्यसको असर बैंकमा नदेखियोस् भन्नका लागि पनि अध्यक्षमा तामाङको विकल्प खोजिएको बैंक स्रोतले जनाएको छ।  कान्छो बाणिज्य बैंकको रुपमा संचालनमा आएर पनि धेरै सूचकमा राम्रो हुँदाहुँदै पनि इच्छाराजको 'इमेज' ले सिभिल बैंकको ब्राण्डमा धक्का लागेकोले अध्यक्ष परिवर्तन गरिएको एक संचालकले बताए। उनले भने 'व्यक्तिगत रुपमा हामीहरुको कुनै रिसिभी छैन, उहाँ (इच्छाराज तामाङ)  राम्रो मान्छे हुनुहुन्छ तर सिभिल सहकारी र सिभिल होम्सका कारण उहाँको इमेजमा धक्का लागेको छ, अहिले पक्राउ परेपछि झनै ठुलो धक्का लागेको छ, अहिलेको नेगेटिभ असर बैंकमा देखिनु हुदैन, त्यसैले पनि उहाँको विकल्प खोजिएको हो।'सिभिल बैंकमा संस्थागत रुपमा कर्मचारी संचय कोषको सबै भन्दा धेरै स्वामित्व रहेपनि संचालक समितिमा संचय कोषको प्रतिनिधि नभएकाले अहिले भएकैबाट अध्यक्ष चयन गरिएको हो।

पूर्व सांसद इच्छाराज तामाङ पक्राउ

१८ असोज, काठमाडौं । पूर्व सांसद इच्छाराज तामाङ पक्राउ परेका छन् । सिभिल सहकारी अध्यक्ष समेत रहेका तामाङलाई बैंकिङ कसुरसम्बन्धी घटनामा अनुसन्धानका लागि पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रमुख धिरतप्रताप सिंहले जानकारी दिए । उनका अनुसार सहकारीमार्फत ४६ करोड ठगी गरेको भन्दै सीआईबीमा किटानी जाहेरी परेको छ । तामाङमाथि चिठ्ठा, घरकर्जा लगायतका आकर्षक अफर […]