सर्लाहीमा राष्ट्रिय भूमि आयोग जिल्ला कार्यसमितिले भूमिहीन दलित र भूमिहीन सुकुमवासीलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गर्न सुरु गरेको छ । आयोगले ईश्वरपुर र हरिवन नगरपालिकामा २५ जना भूमिहीनलाई लालपुर्जा वितरण गरी यस कार्यको शुभारम्भ गरेको हो । आयोगको सर्लाही जिल्ला समितिका प्रवक्ता मदनबहादुर विश्वकर्माले मधेश प्रदेशमै पहिलो पटक आयोगले यहाँबाट भूमिहीनलाई लालपुर्जा वितरण गर्न सुरु गरेको दाबी गर्नुभयो ।