धरौटी रकम बुझाउन नसकेपछि नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादी टेकनाथ रिजाल रिहा हुन सकेनन् । उनलाई उच्च अदालत पाटनले १५ मंसिरमा १५ लाख रुपैयाँ धरौटी रकम बुझाएर कैदमुक्त गर्न आदेश गरेको...
काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा ६ महिनादेखि थुनामा रहेका आरोपीहरूको मुद्वाको सुनुवाई दशैपछि मात्रै हुने भएको छ। नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणसहितको मुद्दामा गत बिहीबार अर्थात असोज २५ गते पनि बहस हुन पाएन। उच्च अदालत पाटनमा जिल्ला अदालत काठमाडौंको थुनामा पठाउने आदेशविरुद्ध विचाराधीन मुद्दामा बिहीबार उच्चले अन्य आदेश गर्दै पन्छायो। यसअघि पनि इजलासले कैफियत प्रतिवेदन मगाउने आदेश गर्दै पन्छाएको थियो।
नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका सबैको निवेदन एकसाथ राखेर पेस गर्न उच्च अदालत पाटनले आदेश दिएको छ । पाटनको संयुक्त इजलासले उच्च पुगेका १० जनाको निवेदनमाथि बिहीबार आदेश गर्दै यससम्बन्धी सबै...
काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा प्रहरीले आज थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रहरीको फरार सूचीमा रहेकी लक्ष्मी महर्जन रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार महर्जनको खातामा ठगी गरेको रकम जम्मा गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । […]
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा गरिएको ठगी प्रकरणमा राजनीतिक नेतृत्वको उच्च तह तानिँदै गएको छ । यो प्रकरणको सुरुमै एमाले सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी विवादमा आएका छन् । उनलाई प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । पुर्जी जारी हुँदै गर्दा सार्वजनिक कार्यक्रममा विशेष अतिथि रहेका रायमाझी त्यसपछि फरार छन् । […]
काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा पक्राउ परेकाहरूको बयानका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईको नाम पनि मुछिएको छ । पक्राउ परेकाहरूको बयानका क्रममा नाम आएपछि एकपछि अर्को गर्दै राजनीतिक व्यक्ति र नेपाल सरकारका बलालवाला उच्च पदस्थ कर्मचारीसमेत तानिन थालेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ […]
The post नक्कली भुटानी शरणार्थी प्रकरण : एक दर्जन बढी व्यक्ति प्रहरीको निगरानीमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
२१ वैशाख, काठमाडौं । नेपालीहरुलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा मुछिएपछि पक्राउ परेका सन्दीप रायमाझीलाई प्रहरीले जिल्ला अदालत काठमाडौंमा पेश गरेको छ । बुधबार बेलुका रुपन्देहीबाट पक्राउ परेका सन्दीपलाई काठमाडौं ल्याएर अनुसन्धानका लागि म्याद थप गर्न जिल्ला अदालत काठमाडौंमा पेस गरिएको प्रहरी स्रोतले जनाएको छ । उनलाई बिहान भैरहवा विमानस्थलबाट काठमाडौं ल्याएको हो […]
काठमाडौं, वैशाख २१ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै ठगी गरेको आरोपमा अहिलेसम्म ८ जना पक्राउ परेका छन् । गृह मन्त्रालयका पूर्व सचिव एवं उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव टेकनारायण पाण्डे, पूर्व मन्त्री एवम् सांसद टोपबहादुर रायमाझी, उनका छोरा सन्दीपसहित ८ जना पक्राउ परेका हुन् । नेता रायमाझीका छोरा सन्दीपलाई प्रहरीले हिजो बेलुका बुटवलबाट […]