काठमाडौं : गत सोमबार चिठ्ठा विधेयकको विषयलाई लिएर बागमती प्रदेशसभाको बैठकमा घम्साघम्सी भयो। प्रदेश सरकारले विधेयक पेस गर्न खोजेपछि प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद र मर्यादापालकबीच घम्साघम्सी परेको थियो। प्रदेश प्रमुख यादवचन्द्र शर्माले सन्देशसहित पुनर्विचारको लागि प्रदेश सभामा फिर्ता पठाएको प्रदेश स्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेस गर्न खोजेपछि एमालेका सांसद र मर्यादापालकका बीचमा घम्साघम्सीको