बारागाढी गाउँपालिका अध्यक्ष जैसवालकाे निगरानीमा नाला सरसफाइ

काठमाडाैं । बारागाढी गाउँपालिकामा नाला सरसफाइ भइरहेकाे छ । गाउँपालिका अध्यक्ष अशाेक कुमार जैसवालकाे प्रत्यक्ष निगरानीमा नाला सरसफाइ भइरहेकाे प्रमुख प्रशासकीय अधिकृत कमलेश कुमार मिश्रले जानकारी दिनुभयाे । वर्षाको समयमा ढल र नाला थुनिएर पालिका जलमग्न हुने देखिएपछि ढल र नालाको सरसफाइ गर्न थालिएको गाउँपालिका अध्यक्ष जैसवालले बताउनु भयाे । ढल र नालामा फोहर थुप्रिएर […]

सम्बन्धित सामग्री

प्लास्टिकजन्य फोहर बढ्यो

चौतारा, ४ वैशाख । आन्तरिक पर्यटक बढेसगैँ सिन्धुपाल्चोकको पर्यटकीयस्थल पाँचपोखरीमा प्लास्टिकजन्य फोहर बढेको छ । पर्यटक वृद्धिसँगै होटल प्रतिस्पर्धामा सञ्चालन हुन थालेपछि प्लास्टिकजन्य फोहर बढ्न थालेको हो । व्यवसायीले भिरको कुनामा फोहर थुपार्न थालेपछि गाउँपालिकाले चेतानामूलक सरसफाइ अभियान गरी फोहर सङ्कलन गरिरहेको गाउँपालिका अध्यक्ष टाँसी लामाह्योल्मोले जानकारी दिए । पोखरी आसपास सफा देखिएको छ । […]

घरघरमा धारा पुगेपछि ढुंग्रेका स्थानीय खुशी

चितवन । घरघरमा धारा पुगेपछि चितवनको इच्छाकामना गाउँपालिका–६ ढुंग्रेका बासिन्दा खुशी भएका छन् । पुस्तौंदेखि खानेपानी जोहो गर्न घण्टौं टाढा पुग्नुपर्ने सो गाउँका बासिन्दा घरघरमा धारा पुगेपछि खुशी भएका हुन् ।  ढुंग्रे गाउँ र आसपासका गाउँका बासिन्दाले पुस्तौंदेखि खानेपानीको समस्या झेल्दै आएका थिए । श्री माध्यमिक विद्यालय ढुंग्रेका प्रधानाध्यापकसमेत रहेका स्थानीय विश्वनाथ गुरुङले पुस्तौंदेखि रहेको खानेपानीको समस्या हल भएकोमा स्थानीय सरकारलाई धन्यवाद दिए । पुस्तौंदेखि घण्टौं लगाएर कुवाबाट पानी भरेर उपभोग गरिरहेका यहाँका बासिन्दाले स्थानीय सरकार आएसँगै घरघरमा धारा आउँदा आफूहरु खुशी भएको बताए । उनका अनुसार यसअघि यहाँ प्रत्येक घरका एक जनाको काम नै दिनभर पानी जोहो गर्नमा लाग्नुपर्ने अवस्था थियो ।   उनले भने, ‘एक गाग्री पानी लिन घण्टौं लगाएर धाउनु पर्ने बाध्यता हटेको छ, एक जनाको काम नै बिहान ४ बजेदेखि दिनभर पानीको जोहो गर्नुपर्ने हुन्थ्यो पानीको धारा घरघरमा आएपछि गाउँलेले सुखको अनुभूति गरेका छन् ।’ वर्षौदेखि आफूहरूले पहल गरिरहेपनि स्थानीय सरकार आएसँगै पूरा भएको उनको भनाइ छ । गाउँमा खानेपानीको अभाव हटेपछि समयको बचत हुँदा मेलापात घरधन्दा गर्नसमेत सजिलो हुन थालेको स्थानीयवासीको भनाइ छ । आयोजना उपभोक्ता समितिका अध्यक्ष डिलकुमार गुरुङका अनुसार ढुंग्रे तुन्तेष खानेपानी तथा सरसफाइ आयोजना अन्तर्गत ८० घरधुरी रहेका  छन् । सो आयोजनाबाट ५१६ जना जनसंख्या लाभान्वित भएका छन् । सो आयोजना ८९ लाख ८२ हजार २९६ लागतमा बचत भएको उनले  बताए ।  गाउँपालिकाको ७८ लाख ६४ हजार स्थानीय उपभोक्ताबाट ११ लाख १८ हजार २९६ बराबरको श्रमदानमा सम्पन्न भएको हो । उक्त आयोजनामा वाइनटुवाटर नेपालको प्राविधिक सहयोग रहेको छ । गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले स्थानीय सरकारले एकघर एक धारा अभियानलाई तीव्र पारिएको बताइन् । गतवर्ष मात्र मोटरबाटो पुगेको सो गाउँमा घरघरमा पानीको धारा पुगेपछि  तरकारी खेती गर्न समेत स्थानीयवासीलाई सहज भएको अध्यक्ष गुरुङको भनाइ छ । गाउँगाउँमा मोटरबाटो र पानी धारा पुगेसँगै व्यवसायिक खेतीतर्फ स्थानीयवासीलाई आकर्षित गर्न कृषि तालिमका साथै अनुदानका कार्यक्रमसमेत सञ्चालन गरिरहेको उनको भनाइ छ । जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामना विशेष गरी तरकारी तथा फलफूल खेतीका लागि उर्वर भूमि मानिन्छ । रासस

ढुंग्रेका घरघरमा खानेपानीका धारा

चितवन । घरघरमा धारा पुगेपछि चितवनको इच्छाकामना गाउँपालिका–६ ढुंग्रेका बासिन्दाको वर्षौंदेखिएको सास्ती हटेको छ । पुस्तौंदेखि खानेपानी जोहो गर्न घन्टौं टाढा पुग्नुपर्ने सो गाउँका स्थानीय घरघरमा धारा पुगेपछि खुसी भएका छन् । ढुंग्रे गाउँ र आसपासका बासिन्दाले पुस्तौंदेखि खानीपानीको समस्या झेल्दै आएका थिए । श्री माध्यमिक विद्यालय ढुंग्रेका प्रधानाध्यापकसमेत रहेका विश्वनाथ गुरुङले पुस्तौंदेखि खानेपानीको समस्या हल भएकामा स्थानीय सरकारलाई धन्यवाद दिए ।   पुस्तौंदेखि घन्टौं लगाएर कुवाबाट पानी भरेर उपभोग गरिरहेका यहाँका बासिन्दा स्थानीय सरकारले घरघरमा धारा ल्याइदिएपछि खुसी भएको उनले बताए । उनका अनुसार यसअघि यहाँ प्रत्येक घरका एक जनाको कामै दिनभर पानी जोहो गर्नमा लाग्नुपर्ने अवस्था थियो ।   गुरुङले भने, ‘एक गाग्री पानी लिन घन्टौं लगाएर धाउनुपर्ने बाध्यता हटेको छ । एक जनाको कामै बिहान ४ बजेदेखि दिनभर पानीको जोहो गर्नुपर्ने हुन्थ्यो । पानीको धारा घर–घरका आँगनमै आएपछि गाउँलेले सुखको अनुभूति गरेका छन् ।’ वर्षांैदेखि पहल गरिरहे पनि स्थानीय सरकार आएपछि माग पूरा भएको उनको भनाइ छ ।   गाउँमा खानेपानी अभाव हटेपछि समयको बचत हुँदा मेलापात र घरधन्दा गर्नसमेत सजिलो हुन थालेको स्थानीय बताउँछन् । आयोजना उपभोक्ता समितिका अध्यक्ष डिलकुमार गुरुङका अनुसार ढुंग्रे तुन्तेप खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत ८० घरधुरी रहेका छन् । सो आयोजनाबाट ५१६ जनसंख्या लाभान्वित भएका छन् । आयोजना ८९ लाख ८२ हजार २९६ रुपैयाँ लागतमा सम्पन्न भएको हो । गाउँपालिकाको ७८ लाख ६४ हजार, स्थानीय उपभोक्ताबाट ११ लाख १८ हजार २९६ बराबरको श्रमदानमा आयोजना सम्पन्न भएको हो ।  उक्त आयोजनामा वाइनटुवाटर नेपालको प्राविधिक सहयोग रहेको छ । गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले स्थानीय सरकारले एक घर एक धारा अभियानलाई तीव्र पारेको बताइन् । गत वर्ष मात्र मोटर बाटो पुगेको सो गाउँमा घरघरमा पानीको धारा पुगेपछि तरकारी खेती गर्नसमेत स्थानीयलाई सहज भएको अध्यक्ष गुरुङको भनाइ छ ।   गाउँ–गाउँमा मोटर बाटो र पानी धारा पुगेसँगै तरकारी खेतीतर्फ स्थानीयलाई आकर्षित गर्न कृषि तालिमका साथै अनुदानका कार्यक्रमसमेत सञ्चालन गरिरहेको उनले जानकारी दिइन् । जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामना विशेषगरी तरकारी तथा फलफूल खेतीका लागि उर्बर मानिन्छ । रासस

नरहरिनाथका २३७ घरधुरीमा धारा जडान

कालिकोट । कालिकोटको नरहरिनाथ गाउँपालिका–९ लालुमा खानेपानी धारा जडान गरेर समुदायलाई हस्तान्तरण गरिएको छ । ‘एक घर एक खानेपानी धारा’ कार्यक्रमअन्तर्गत २३७ घरधुरीमा खानेपानीका धारा जडान समुदायलाई हस्तान्तरण गरिएको हो । एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रम वार्म पी हेल्भेटास स्वीस इन्टरकोअपरेशन नेपालको आर्थिक सहयोगमा नरहरिनाथ गाउँपालिकाको साझेदारीमा र हुरेन्डेक नेपाल कालिकोटको सामाजिक तथा प्राविधिक सहयोगमा ती धारा निर्माण भएका छन् । नरहरिनाथ गाउँपालिका–९ को लालुमा तल्लो रानीरहडा खानेपानी तथा सरसफाइ आयोजनामार्फत २३७ घरधुरीमा खानेपानीका धारा जडान गरिएको गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टले बताए । ‘हेल्भेटास नेपालको आर्थिक सहयोग र स्थानीय साझेदार संस्था हुरेन्डेक नेपालको प्राविधिक सहयोगमा दुई करोड ५५ लाख १२ हजार ७९७ लागतमा खानेपानी आयोजना सम्पन्न भएको छ,’ उनले भने, ‘हेल्भेटासको एक करोड, नरहरिनाथ गाउँपालिकाको रु एक करोड लगानी र बाँकी स्थानीयवासीको श्रमदानमा ती आयोजना सम्पन्न भएको हो ।’ यसभन्दा अगाडि नरहरिनाथ गाउँपालिका–९ लालुमा ३८२ घरधुरीमा खानेपानीको धारा निर्माण गरिएको थियो । त्यसै आयोजनामार्फत थप २३७ गरेर गाउँमा अहिलेसम्म ६१९ घरधुरीमा खानेपानीको पहुँच पुगेको गाउँपालिका अध्यक्ष विष्टले बताए । ‘अहिलेसम्म गाउँका ६१९ घरधुरीमा खानेपानीको समस्या समाधान भएको छ,’ उनले भने, ‘पुस्तौंदेखि खानेपानीको समस्या भोग्दै आएका स्थानीयवासीलाई अहिले सहज भएको छ ।’ रासस

भुग्देउका २ सय ३३ घरधुरीमा खानेपानी पुर्याइने

काभ्रेको बेथानचोक गाउँपालिका–६ भुग्देउमा खानेपानी आयोजना सम्पन्न गर्नेगरी समझदारी पत्रमा हस्ताक्षर भएको छ । भुग्देउ–६ का २ सय ३३ घरधुरीले यस आयोजनाबाट लाभ लिनेछन् ।  गाउँपालिका र रोटरी क्लब बौद्धको संयुक्त लगानीमा निर्माण हुने यस आयोजनामा नेपाल स्वास्थका लागि पानी(नेवा) को प्राविधिक र सिउरानी भन्ज्याङ्खर्क खानेपानी तथा सरसफाइ समितिको सहयोग रहनेछ ।५ भदौमा रोटरी क्लब बौद्धका अध्यक्ष आङ् कुसाङ शेर्पा, बेथानचोक गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिना, प्रमुख प्रशासकीय अधिकृत राजेन्

उठाइयो सिमकोटको फोहर

सिमकोट। महिनाँै दिनदेखि सिमकोट बजार क्षेत्रमा थुप्रिएको फोहरको थुप्रो बल्ल उठाइएको छ । फोहरको कारण कुरुप बन्दै गएपछि सिमकोट गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी मिलेर सरसफाइ गरेका हुन् । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, ...