स्थानीय तहको चुनावका लागि अहिले सबै पार्टीहरू गाउँ फर्किएका छन् । गाउँ गााउँमा चुनावी सरगर्मी बढेको छ । नयाँ संविधान बनेपछिको स्थानीय जनप्रतिनिधिले सङ्घीयता कार्यान्वयनको अनुभव सँगाली सकेका छन् । यसको अनुभव जनताले पनि लिइसकेका छन् ।यसक्रममा गणतन्त्रले गाउँगाउँमा सिंहदरबार पुर्यायो भने पनि कतिपय जनप्रतिनिधिले जनताका माग सम्बोधन नगर्दा छोटे राजाहरूले राज गरेको आरोप पनि लगाए । यसै सन्दर्भमा जनप्रतिनिधि भएर एक कार्यकाल लगभग पूरा गरिसकेकी नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगरसँग आगामी