आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन् भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पनि पढेर सुनाउने कार्यक्रम रहेको छ।
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक दिउँसो १ बजे बस्दैछ । आजको बैठकका लागि संघीय संसद सचिवालयले ३ वटा सम्भावित कार्यसूची तयार पारेको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ माथिको दफाबार छलफलको प्रस्ताव पेस गर्नेछन् । त्यस्तै सोही विधेयकलाई निर्णयार्थ पेस गर्ने कार्यसूची […]
आज मंगलबार संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दै छ । आज दिउँसो १ बजेको लागि बैठक बोलाईएको छ । बैठकमा प्रतिनिधि सभामा उत्पत्ति भएको “खानेपानी तथा सरसफाइ विधेयक, २०७७” का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबल गर्ने कार्यसूची रहेको छ। त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त “शपथ सम्बन्धी विधेयक, २०७९ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।यस बाहेक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री श्री दिलेन्द्र प्रसाद बडूले राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त “स्टाण्डर्ड नाप र तौल (पाँचौं संशोधन) विधेयक,२०७८ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने, र राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त “प्रत्यायन विधेयक, २०७८ माथि विचार गरियोस्' भनी प्रस्ताव प्रस्तुत पेश गर्ने कार्यसूची छ।त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त “तथ्यांक विधेयक, २०७८ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
आज मंगलबार प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक दिउँसो १ बजेको लागे बोलाईएको छ । बैठकमा विभिन्न अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची रहेको छ । आजको बैठकमा सांसद प्रेम सुवालले “यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस्” भन्ने सूचना प्रस्तुत गर्ने, कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूले “यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने, सांसद प्रेम सुवालले “फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस्' भन्ने सूचना प्रस्तुत गर्ने, कानून, न्याय तथा संसदीय मामिला मन्त्री श्री दिलेन्द्र प्रसाद बडूले “फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।आजको बैठक पनि प्रमुख प्रतिपक्षि दल नेकपा एमालेले अवरोध गर्ने तयारी गरेको छ। यस अघिको बैठक पनि एमालेले अवरोध गरेपछि एक सातापछि बस्न लागेको हो । एमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक भने अनिश्चित समयको लागि स्थगित भएको छ ।