माघ १६ गते अर्थात् ‘शहीद दिवस’ । हरेक वर्ष माघ १० देखि १६ सम्म शहीद सप्ताह मनाइँदै आएको छ । वि.सं. १९९७ माघ १० गते शुक्रराज शास्त्रीलाई काठमाडौंको टेकुस्थित पचलीमा फाँसी दिइयो । न्याय, स्वतन्त्रता र समानताका खातिर पहिलो पटक शुक्रराजको अमूल्य जीवनलाई मृत्युको सुलीमा चढाइएपछि धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठ मृत्युको पालो कुरिरहनु भएको थियो ।