काठमाडौं। माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अझै पनि कम्युनिष्ट पार्टीहरुबीच एकता आवश्यक रहेको बताएका छन्। उनले न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै यस्तो बताएका हुन्। उनले विदेशी शक्ति र एकताको मर्म नबुझ्ने प्रवृत्तिले पार्टी फुटाइएको दाबी गरे। उनले भने, ‘कम्युनिष्टहरुले हिम्मत हार्नु हुँदैन। कम्युनिष्ट आन्दोलनलाई फेरि एकीकरण गर्ने दिशातिर लैजाने तर त्योभन्दा पहिले वैचारिक, राजनीतिक लाइनमा प्रष्टता हासिल गर्नुपर्छ।’