काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) ले नेता नारायणकाजी श्रेष्ठ र कृष्णबहादर महरालाई उपाध्यक्ष बनाएको छ ।
आज बिहीवार काठमाण्डाैमा बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकले पार्टीको उपाध्यक्षमा नेता नारायणकाजी श्रेष्ठ र कृष्णबहादर महरालाई चयन गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका नेता गिरिराजमणि पोखरेलले पदाधिकारीको सन्दर्भमा पनि बैठकमा छलफल भएको र अबको केही दिनमा नै पदाधिकारीको टुङ्गो लाग्ने बताउनुभयो । नेता पोखरेलले केन्द्रीय समितिले पूर्णता पाउन ढिला हुँदा पदाधिकारी र कमिटी सदस्य...