राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको ‘लुम्बिनी’ नामक न्यारोबडी ८६ दिनदेखि ग्राउन्डेड भएको छ । मर्मतका लागि इजरायल पठाइएको उक्त जहाज निगमको चरम व्यवस्थापकीय लापरबाहीका कारण झन्डै तीन महिनादेखि ग्राउन्डेड भएको हो । जसका कारण निगमलाई मासिक साढे आठ करोडभन्दा बढी रुपैयाँ नोक्सानी भइरहेको छ ।