नेप्सेमा २ कम्पनीको ३० लाख कित्ता बढी बोनस शेयर सुचिकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आइतबार २ कम्पनीको गरि कुल ३० लाख कित्ता बढी  बोनस शेयर सुचिकृत भएको छ । आज नेप्सेमा कालिका लघुवित्त र सानिमा माई हाइड्रोको बोनस शेयर सुचिकृत भएको हो । आज कालिका लघुवित्तको १० प्रतिशतले हुन आउने २ लाख ४५ हजार ५ सय ८ दशमलव ९५ कित्ता बोनस सेयर र सानिमा माई हाइड्रोको १० प्रतिशतले हुन आउने २८ लाख ८ हजार ४ सय १० कित्ता बोनस शेयर सुचिकृत भएको हो । बोनस शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरीद बिक्रि गर्न सक्ने छन् । 

सम्बन्धित सामग्री

फागुनमा १७ करोड ४७ हजारभन्दा बढी कित्ता धितोपत्र सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा फागुनमा १७ करोड ४७ लाख ३५ हजार ७५१ दशमलव ५४ कित्ता धितोपत्र सूचीकृत भएको छ । नेप्सेका अनुसार एक कम्पनीको ऋणपत्र, दुई कम्पनीको हकप्रद शेयर र २० कम्पनीको बोनस शेयर गरी उक्त कित्ता धितोपत्र सूचीकृत भएको हो । यो महीना सबैभन्दा बढी बोनस शेयर सूचीकृत भएको छ । नबिल बैंकको ९ प्रतिशत ब्याजदरको सात वर्षे अवधिको ३० लाख कित्ता ऋणपत्र फागुनमा सूचीकृत भएको छ । त्यस्तै यो महिना अपर तामाकोशीको १० करोड ५९ लाख कित्ता र घलेम्दी हाइड्रोको १ करोड १० लाख कित्ता हकप्रद शेयरसमेत फागुनमै सूचीकृत भएको हो । नेप्सेको तथ्याङ्क अनुसार २० कम्पनीको बोनस शेयर वापत ५ करोड ४८ लाख ३५ हजार ७५१ दशमलव ५४ कित्ता शेयर सूचीकृत भएको छ । माघको तुलनामा फागुनमा सूचीकृत धितोपत्रको संख्यामा वृद्धि भएको छ । माघमा १० करोड १० लाख ८६ हजार ७१० कित्ता धितोपत्र सूचीकृत भएको थियो । नेप्सेका अनुसार माघमा एक म्युचुअल फण्डको इकाई र चार कम्पनीको बोनस शेयरबापत उक्त संख्यामा धितोपत्र सूचीकृत भएको थियो । फागुनमा सूचीकृत बोनस शेयर, ऋणपत्र र हकप्रद शेयरको कित्ता स्रोत : नेप्से ।

दोस्रो त्रैमासमा निफ्राले कमायो करीब ७७ करोड नाफा, खुद नाफा कति ?

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार यस त्रैमाससम्म ७६ करोड ६१ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको दोस्रो त्रैमाससम्मको तुलनामा यस वर्ष कम्पनीले खुद नाफा ७३ प्रतिशत बढेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले ४४ करोड २६ लाख रूपैयाँभन्दा बढी मात्र खुद नाफा गरेको थियो । यस वर्ष कम्पनीको सञ्चालन नाफा पनि खुद नाफाकै अनुपातमा बढेको छ । गत वर्ष ६३ करोड २३ लाख रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष १ अर्ब ९ करोड ४५ लाख रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको हो । दोस्रो त्रैमाससम्मको वितरणयोग्य नाफा भने ६० करोड ४१ लाख रूपैयाँभन्दा बढी रहेको छ । ८ प्रतिशत बोनस शेयर मार्फत पूँजी बृद्धि गरी २१ अर्ब ६० करोड पुर्‍याएको कम्पनीको जगेडा कोष रकम भने यस वर्ष ४१ दशमलव ३० प्रतिशत घटेर १ अर्ब ६६ करोड ९६ लाखमा सीमित भएको छ । कम्पनीले गत वर्षको भन्दा ७१ प्रतिशत बढी निक्षेप संकलन गरेको छ भने १४३ दशमलव ६३ प्रतिशत बढी कर्जा प्रवाह गरेको छ । गत वर्ष ३३ करोड ७७ लाख रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको कम्पनीले यस वर्ष ५७ करोड ७९ लाख रूपैयाँ भन्दा बढी निक्षेप संकलन गरेको हो ।  त्यस्तै गत वर्ष ८ अर्ब १३ करोड ६४ लाख रूपैयाँ भन्दा बढी कर्जा प्रवाह गरेको कम्पनीले यस वर्ष १९ अर्ब ८२ करोड ३० लाख रूपैयाँ भन्दा बढी कर्जा प्रवाह गरेको छ । यस वर्ष कम्पनीले धितोपत्रमा ५ करोड रूपैयाँ लगानी गरेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी ७ रूपैयाँ ९ पैसा र प्रतिशेयर नेटवर्थ १०७ रूपैयाँ ७३ पैसा रहेको छ ।

चैत महीनामा मात्र १३ करोड ९८ लाखभन्दा बढी कित्ता धितोपत्र थपियो

वैशाख १२, काठमाडौं । धितोपत्र दोस्रो बजारमा चैत महीनामा मात्र १३ करोड ९८ लाख ३९ हजार ५९४ दशमलव ५५ कित्ता धितोपत्र थपिएको छ ।  नेप्सेले सार्वजनिक गरेको चैत महीनाको सूचीकृत धितोपत्रको विवरण अनुसार सरकारी ऋणपत्र, कर्पोरेट ऋणपत्र, बोनस तथा हकप्रद शेयर र आईपीओ गरी उल्लेखित संख्यामा धितोपत्र सूचीकृत भएको हो ।  चैत महीनामा दुई करोड ५० लाख कित्ता सरकारी विकास ऋणपत्र सूचीकृत भएको छ भने कर्पोरटतर्फको सिभिल बैंकको ३० लाख कित्ता ऋणपत्र सूचीकृत भएको छ । चैत महीनामा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको २५ लाख ५० हजार कित्ता आईपीओ र नारायणी डेभलपमेन्ट बैंकको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद शेयर समेत सूचीकृत भएको छ । चैत महीनामा सबैभन्दा बढी बोनस शेयर सूचीकृत भएको छ ।  नेप्सेका अनुसार यो महीना २९ कम्पनीको धितोपत्र सूचीकृत भएकोमा २४ कम्पनीहरुको १० करोड ७९ लाख ७७ हजार २५६ दशमलव ५५ कित्ता बोनस शेयर सूचीकृत भएको हो । धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनीको शेयरमूल्य माग र आपूर्ती बिचको सन्तुलनले निर्धारण गर्ने हुन्छ ।  चैत महीनामा बजारमा थपिएको धितोपत्रको संख्याको तुलनामा कारोबार भएको धितोपत्रको संख्या कम रहेको छ । यो महीना ९ करोड ६२ लाख ७५ हजार ८८६ कित्ता मात्र धितोपत्र खरीदविक्री भएको नेप्सेको तथ्यांकले देखाएको छ ।  चैत महीनामा मात्र दोस्रो बजारमा थपिएका धितोपत्र :                                                                 स्रोतः नेपाल स्टक एक्सचेञ्ज

६ महीनामा सगरमाथा इन्स्योरेन्सले कमायो १७ करोडभन्दा बढी नाफा

माघ २८, काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म सगरमाथा इन्स्यारेन्स कम्पनी लिमिटेडले रू. १७ करोड ७७ लाख बढी खुद नाफा गरेको छ ।  गत वर्ष यस अवधिसम्म कम्पनीले रू. १७ करोड ७२ लाखभन्दा बढी यो नाफा गरेको थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा शून्य दशमलव २४ प्रतिशत बढी भएको हो । यस वर्ष २ दशमलव ६६ प्रतिशत बढी रू. ३० करोड आम्दानी गरेको कम्पनीले ६ दशमलव ३७ प्रतिशत बढी रू. १२ करोड २३ लाख खर्च गरेको छ । ११ प्रतिशत बोनस शेयर शेयर मार्फत पूँजी बढाएर रू. १ अर्ब ११ करोड १३ लाख ५७ हजार पुगेको कम्पनीको जगेडा कोष रकम २७ दशमलव ३५ प्रतिशत बढी रू. ५५ करोड ४३ लाख पुगेको छ ।  कम्पनीको बीमाकोष रकम गत वर्षभन्दा यस वर्ष २५ दशमलव ५३ प्रतिशत बढी रू. १ अर्ब १३ करोड २९ लाख कायम भएको छ । यस वर्ष गत वर्षभन्दा ८७ दशमलव १५ प्रतिशत कम रू. १७ करोड ३० लाख कुल बीमाशुल्क आर्जन गरेको कम्पनीले ३४ दशमलव ९७ प्रतिशत बढी रू. ७५ करोड ३० लाख कुल दाबी भुक्तानी गरेको छ ।  वार्षिक प्रतिशेयर आम्दानी रू. ३१ दशमलव ९८ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. २६२ रहेको छ ।

स्वालम्बन लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

स्वालम्बन लघुवित्त Swabalamban Laghubitta Bittiya Sanstha  को लाभांश सुरक्षित गर्ने आज पुस ५ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ६ गतेदेखि साधारणसभा नहुँदासम्मको लागि बुक क्लोज मिति तय गरेकोले आज पुस ५ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।  लघुवित्तले पुष १५ गते गिरीधारा स्थित एलिस रिसेप्सनमा आफ्नो २० औं बार्षिक साधारणसभा डाकेको छ। सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन्  । कम्पनीको असोज २१ गतेको संचालक समितिको बैठकले आर्थिक बर्ष २०७७-०७८ बाट आफ्ना सेयरधनिहरुलाई हाल कायम चुक्ता पुंजीको १९ प्रतिशतले हुन आउने १७ करोड ९१ लाख ७० हजार रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि समेत ६ प्रतिशतले हुन आउने ५ करोड ६५ लाख ८० हजार बराबरको नगद लाभांश गरि कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको उक्त लाभांश प्रस्ताव अब कम्पनीको आगामी २० औं साधारणसभाले पारित गरेपछि मात्र सेयरधनिहरुमा बितरण हुने छ। हाल कम्पनीको चुक्ता पुंजी ९४ करोड ३०  लाख रहेको छ । यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु: क) सामान्य प्रस्तावः१. संचालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा प्रस्तुत गरिने आ.व. २०७७/७८ को संचालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।२. लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आ.व. २०७७/७८ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र नाफा नोक्सान बाँडफाँड विवरण छलफल गरी पारित गर्ने ।३. आ.व. २०७७/७८ सम्मको मुनाफाबाट नेपाल राष्ट्र बैंकबाट वितरण गर्न स्वीकृत भए बमोजिम चुक्ता पूँजीको ६ % ले हुन आउने रकम रु.५,६५,८०,०००/- नगद लाभांश (बोनस शेयर र नगद लाभांशको कर सहित) शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने समयमा कायम शेयरधनीहरुलाई वितरण गर्न स्वीकृत गर्ने ।४. स्वतन्त्र संचालक पदमा संचालक समितिबाट गरिएको नियुक्तिको जानकारी।ख) विशेष प्रस्तावः१. हाल कायम अधिकृत पूँजी रु. १,००,००,००,०००/- बाट बृद्धि गरी रु १,१५,००,००,०००/- पुयाउने ।२. नेपाल राष्ट्र बैंकबाट वितरण गर्न स्वीकृत भए बमोजिम आ.व. २०७७/७८ सम्मको मुनाफाबाट चुक्ता पूँजीको १९ % ले हुने रकम रु. १७,९१,७०,००० /- बराबर बोनस शेयरलाई शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने समयमा कायम शेयरधनीहरुले पाउने गरी जारी गर्ने ।३. हालको जारी तथा चुक्ता पूँजी रु.९४,३०,००,०००/- मा उपरोक्त बमोजिमको बोनस शेयर जारी गरी जारी तथा चुक्ता पूँजी रु. १,१२,२१,७०,०००/- कायम गर्ने ।४. प्रबन्धपत्रको दफा ४(द), ५(क) ५(ख), ५(ग) संशोधन गर्ने ।५. प्रबन्धपत्र तथा नियमावलीमा गरिने संशोधनहरुमा नियमनकारी निकायहरुले संशोधन, थपघट, समायोजन वा फेरबदल गर्न सुझाव वा निर्देशन दिएमा सो अनुरुप गर्न संचालक समिति वा समितिले तोकेको व्यक्तिलाई पूर्ण अख्तियारी प्रदान गर्ने ।

स्वालम्बन लघुवित्तको साधारणसभा आह्वान, यस्ता छन् सभामा पेश हुने ९ प्रस्ताव

स्वालम्बन लघुवित्त Swabalamban Laghubitta Bittiya Sanstha  वित्तीय सँस्थाले बार्षिक साधारणसभा आह्वान गरेको छ । लघुवित्तले पुष १५ गते गिरीधारा स्थित एलिस रिसेप्सनमा आफ्नो २० औं बार्षिक साधारणसभा डाकेको छ। सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन्  । स्वालम्बनको असोज २१ गतेको संचालक समितिको बैठकले आर्थिक बर्ष २०७७-०७८ बाट आफ्ना सेयरधनिहरुलाई हाल कायम चुक्ता पुंजीको १९ प्रतिशतले हुन आउने १७ करोड ९१ लाख ७० हजार रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि समेत ६ प्रतिशतले हुन आउने ५ करोड ६५ लाख ८० हजार बराबरको नगद लाभांश गरि कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको उक्त लाभांश प्रस्ताव अब कम्पनीको आगामी २० औं साधारणसभाले पारित गरेपछि मात्र सेयरधनिहरुमा बितरण हुने छ। हाल कम्पनीको चुक्ता पुंजी ९४ करोड ३०  लाख रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ६ गतेदेखि सभा नहुँदासम्मको लागि बुक क्लोज मिति तय गरेको छ । पुस ५ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।  यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु: क) सामान्य प्रस्तावः १. संचालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा प्रस्तुत गरिने आ.व. २०७७/७८ को संचालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने । २. लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आ.व. २०७७/७८ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र नाफा नोक्सान बाँडफाँड विवरण छलफल गरी पारित गर्ने ।३. आ.व. २०७७/७८ सम्मको मुनाफाबाट नेपाल राष्ट्र बैंकबाट वितरण गर्न स्वीकृत भए बमोजिम चुक्ता पूँजीको ६ % ले हुन आउने रकम रु.५,६५,८०,०००/- नगद लाभांश (बोनस शेयर र नगद लाभांशको कर सहित) शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने समयमा कायम शेयरधनीहरुलाई वितरण गर्न स्वीकृत गर्ने । ४. स्वतन्त्र संचालक पदमा संचालक समितिबाट गरिएको नियुक्तिको जानकारी। ख) विशेष प्रस्तावः १. हाल कायम अधिकृत पूँजी रु. १,००,००,००,०००/- बाट बृद्धि गरी रु १,१५,००,००,०००/- पुयाउने । २. नेपाल राष्ट्र बैंकबाट वितरण गर्न स्वीकृत भए बमोजिम आ.व. २०७७/७८ सम्मको मुनाफाबाट चुक्ता पूँजीको १९ % ले हुने रकम रु. १७,९१,७०,००० /- बराबर बोनस शेयरलाई शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने समयमा कायम शेयरधनीहरुले पाउने गरी जारी गर्ने । ३. हालको जारी तथा चुक्ता पूँजी रु.९४,३०,००,०००/- मा उपरोक्त बमोजिमको बोनस शेयर जारी गरी जारी तथा चुक्ता पूँजी रु. १,१२,२१,७०,०००/- कायम गर्ने । ४. प्रबन्धपत्रको दफा ४(द), ५(क) ५(ख), ५(ग) संशोधन गर्ने । ५. प्रबन्धपत्र तथा नियमावलीमा गरिने संशोधनहरुमा नियमनकारी निकायहरुले संशोधन, थपघट, समायोजन वा फेरबदल गर्न सुझाव वा निर्देशन दिएमा सो अनुरुप गर्न संचालक समिति वा समितिले तोकेको व्यक्तिलाई पूर्ण अख्तियारी प्रदान गर्ने ।

स्वावलम्बन लघुवित्तको लाभांश घोषणा

स्वावलम्बन लघुवित्त Swabalamban Laghubitta Bittiya Sanstha  ले लाभांश घोषणा गरेको छ । कम्पनीको बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको १९ प्रतिशतले हुन आउने १७ करोड ९१ लाख ७० हजार रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि समेत ६ प्रतिशतले हुन आउने ५ करोड ६५ लाख ८० हजार बराबरको नगद लाभांश गरि कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  हाल कम्पनीको चुक्ता पुंजी ९४ करोड ३०  लाख रहेको छ । कम्पनीको उक्त  प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ ।

माछापुच्छ्रे बैंक र सानिमा बैंकद्वारा लाभांश घोषणा

असोज ६, काठमाडौं । माछापुच्छ्रे बैंक र सानिमा बैंकले लाभांश घोषणा गरेका छन् ।  दुबै कम्पनीको असोज ६ गतेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७७/ ७८ को सञ्चित नाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेका हुन् । माछापुच्छ्रे बैंकले यस वर्ष १४ प्रतिशत र सानिमा बैंकले १७ दशमलव ८९ प्रतिशत लाभांश दिने निर्णय गरेका हुन् । माछापुच्छ्रे बैंकले १३ दशमलव ३०  प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।  त्यस्तै सानिमा बैंकले १७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय सञ्चालक समितिको बैठकबाट भएको जानकारी दिएको हो । सञ्चालक समितिले गरेको यो निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकहरुको वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।  हाल माछापुच्छ्रे बैंकको रू. ९ अर्ब ५ करोड ३० लाख ९४ हजार र सानिमा बैंकको रू. ९ अर्ब ६८ करोड १५ लाख १९ हजार चुक्तापूँजी रहेको छ । सोही पूँजीको आधारमा ती कम्पनीहरुले लाभांश वितरण गर्न लागेका हुन् ।