महिला कैदीबन्दीलाई सेनेटरी प्याड सहयोग

तनहुँ कारागारका महिला कैदीबन्दीलाई सेनेटरी प्याड सहयोग गरिएको छ । महिला मानवअधिकार रक्षक सञ्जाल तनहुँले कारागारमा रहेका महिला कैदीबन्दीलाई शनिबार सेनेटरी प्याड सहयोग गरेको हो । सेनेटरी प्याड नहुँदा महिला कैदीबन्दीलाई समस्या हुँदै आएको गुनासो आएपछि सञ्जालले प्याड सहयोग गरेको हो । सञ्जालकी अध्यक्ष कल्पना पोख्रेल, उपाध्यक्ष वसुन्धरा घर्ती, सचिव अञ्जना तिमिल्सिनाले महिला कैदीबन्दीका चौकीदार मनुमाया सुनारलाई सेनेटरी प्याड हस्तान्तरण गरिन्। सञ्जालले एक सय ५० थान प्याड उपलब्ध गराएको छ ।सेनेटरी प्य

सम्बन्धित सामग्री

महिलालाई सेनेटरी प्याड बनाउने तालीम

चितवन। जिल्लामा क्रियाशील एक गैरसरकारी संस्थाले महिलाका लागि सेनेटरी प्याड बनाउने तालीम दिन थालेको छ । नेपाल दलित महिला उत्थान संघ (एड्वान)ले चितवनको भरतपुरमा सोमवारदेखि उक्त तालीम शुरू गरेको हो । विशेषगरी पछाडि पारिएका र अवसरबाट वञ्चित महिलालाई स्वरोजगार एवं आत्मनिर्भर बनाउने उद्देश्यसहित तालीमको आयोजना गरिएको बताइएको छ । अमेरिकी अन्तरराष्ट्रिय विकास नियोग (युएसएआइडी)को सहयोगमा सञ्चालित ‘युएसएआइडी स्थानीय कार्य : गोरखा र चितवन’ परियोजनामार्फत संस्थाले सहभागी र स्थानीय तहसँगको सहकार्यमा तालीम आयोजना गरेको कार्यक्रम संयोजक कमला रानामगरले बताइन् ।  भरतपुर–२३ का वडाध्यक्ष दीपक दवाडीले तालीममार्फत सेनेटरी प्याड बनाउन सक्ने जनशक्ति तयार हुने र उनीहरू आर्थिक उपार्जनमा लाग्ने विश्वास व्यक्त गरे । एड्वानकी अध्यक्ष बिन्दु परियारले महिलाहरूको शीप तथा क्षमता विकाससँगै आर्थिक रूपान्तरण र आत्मनिर्भरतामा सहयोग पुर्‍याउन तालीम आयोजना गरिएको जानकारी दिइन् । गुणस्तरीय उत्पादन र बजारीकरणमा संस्थाले सघाउने उनले बताइन् । तालीममा २० जना महिला सहभागी छन् ।

सिस्टर हूड नेपालले दियो सय महिलालाई निःशुल्क सेनेटरी प्याड

सर्लाहीको लालबन्दी नगरपालिका ४ मुसहर बस्ती र वडा नम्बर ९ डोम बस्तीका सय जना महिला तथा किशोरीलाई निशुल्क सेनेटरी प्याड प्रदान गरिएको हाे।...

निर्वाचनमा खटिने महिला सुरक्षाकर्मीलाई सेनेटरी प्याड वितरण

२८ कात्तिक, बागलुङ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको क्रममा बागलुङमा खटिने महिला सुरक्षाकर्मीलाई सेनेटरी प्याड हस्तान्तरण गरिएको छ । आदर्श सञ्चार सहकारी संस्था बागलुङ र जास्वीन हाइजिङ प्रोडक्टद्वारा उत्पादित प्याडको बागलुङ जिल्ला डिलर नर्वदा ट्रेडर्सको सहयोगमा निर्वाचनमा खटिने २ सय ६१ जना म्यादी र ६७ जना नेपाल प्रहरी […]

सामुदायिक विद्यालयलाई सेनेटरी प्याड हस्तान्तरण

काठमाडौँ,२० भदौ । सिरहाको लहान नगरपालिकाले ६ देखि १२ कक्षासम्म पढाइ हुने नगरभित्रका १९ सामुदायिक विद्यालयमा अध्ययनरत छात्राका लागि ३४ हजार आठ सय ५० प्याकेट सेनेटरी प्याड हस्तान्तरण गरेको छ । नगरप्रमुख महेश चौधरीले नगरपालिकामा विद्यालयका प्रधानाध्यापकलाई सो परिमाणको सेनेटरी प्याड हस्तान्तरण गरेको हो । विद्यालयमा सेनेटरी प्याड वितरण गर्न तोकिएको शिक्षकका रुपमा महिला शिक्षकलाई […]

सामुदायिक विद्यालयलाई सेनेटरी प्याड

गोलबजार– सिरहाको लहान नगरपालिकाले ६ देखि १२ कक्षासम्म पढाइ हुने नगरभित्रका १९ सामुदायिक विद्यालयमा अध्ययनरत छात्राका लागि ३४ हजार आठ सय ५० प्याकेट सेनेटरी प्याड हस्तान्तरण गरेको छ । नगरप्रमुख महेश चौधरीले नगरपालिकामा विद्यालयका प्रधानाध्यापकलाई सो परिमाणको सेनेटरी प्याड हस्तान्तरण गरेका हुन् । विद्यालयमा सेनेटरी प्याड वितरण गर्न तोकिएको शिक्षकका रुपमा महिला शिक्षकलाई र सूचना […]

सेनेटरी प्याड उद्योगका समस्या

केही समयअघि महिलाले प्रयोग गर्ने सेनेटरी प्याड आयातमा सरकारले लिएको करको विरोधमा युवा सडकमा आए । विदेशी सेनेटरी प्याडमा लगाइएको कर हटाउनुपर्ने माग उनीहरूको थियो । तर, नेपालमै त्यही गुणस्तरको सेनेटरी प्याड उत्पादन भइरहेको र त्यसको प्रयोग बढाउने विषयमा भने आन्दोलन मौन थियो । नेपालमा उत्पादन हुने सेनेटरी प्याडको कच्चा पदार्थमा लाग्दै आएको करलाई सरकारले न्यून विन्दुमा झार्ने हो भने एक प्याकेट प्याडको मूल्यमा ३० देखि ५० प्रतिशतसम्म सस्तो हुन सक्छ । पछिल्लो समय नेपाल सेनेटरी प्याड उत्पादनमा आत्मनिर्भर बनेको छ । नेपालमा वार्षिक रूपमा ३० करोड थान सेनेटरी प्याडको खपत हुन्छ भने ७० करोड थान उत्पादन हुन्छ । विदेशी सेनेटरी प्याडलाई निरुत्साहन गर्न प्याड आयातमा कर अझ बढाउनुपर्ने देखिन्छ । विदेशी उत्पादनलाई निरुत्साहन गर्दै स्वदेशी उत्पादनलाई अन्य मुलुकमा निर्यात गर्ने सहज अवस्था निर्माण गर्नुपर्छ । प्याडमा सरकारले नेपाली उत्पादनको कर घटाएर सबैको पहुँचमा पुग्न सक्नेगरी नीति लिन सक्छ । तर, विदेशी उत्पादनको आयात बढाउन लाग्दै आएको कर घटाउनु मुलुककै लागि घातक सिद्ध हुन्छ । महिला स्वास्थ्य तथा सशक्तीकरणमा सेनेटरी प्याडको ठूलो भूमिका रहेको छ । सेनेटरी प्याडले सहजता र आत्मविश्वासका साथ महिलालाई रोजगार, पढाइ तथा यात्रा सहज बनाएको छ । महीनावारी व्यवस्थापनका लागि सेनेटरी प्याड सजिलो माध्यम बनेको छ । नेपालमा अहिले सेनेटरी प्याड लोकप्रिय छ भने कतिपय पश्चिमी देशहरूमा युवा पुस्तामा अहिले आएर मेन्स्टुअल कप, टेम्पोनहरू लोकप्रिय हुँदै गएको अवस्था देखिन्छ । आर्थिक वर्ष २०७५/७६ मा नेपाल सरकारले सेनेटरी प्याड उत्पादनमा लाग्ने सम्पूर्ण कच्चा पदार्थमा भन्सार महसुललाई घटाएर ५ प्रतिशतमा ल्याएपश्चात् स्वदेशी उद्योगहरू थपिने क्रम बढेको छ । साथै आव २०७७/७८ को बजेटबाट नयाँ उद्योगहरूले ५ वर्षसम्म कर छूटको व्यवस्था पाए । हाल नेपालमा ठूलासाना गरी करीब ३०–३५ उद्योगहरूको जम्मा उत्पादन क्षमता नेपालको मागलाई धान्न पर्याप्त छ । नेपाली उद्योगहरूको उत्पादन क्षमता ७० करोड थान छ भने नेपाली बजारको माग ३० करोड थान रहेको छ । पर्याप्त उत्पादन क्षमता भए तापनि आयातित प्याडले नै ५० प्रतिशत बजार ओगटेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले सेनेटरी प्याडको गुणस्तर व्याख्या गरेर नेपाल गुणस्तर चिह्न नं. ५८७ पनि अद्यावधिक गरिसकेको छ । सरकारले ३ वर्षअगाडि सामुदायिक विद्यालयमा अध्ययनरत १३ लाख छात्रालाई निःशुल्क प्याड वितरणको योजना पनि कार्यान्वयनमा ल्याइसकेको छ । सरकारले २०७६ मा सेनेटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधि नै लागू गरेको छ । कार्यविधिमा ठूला उद्योग र आयातित प्याडको मापदण्ड र स्थानीयस्तरमा उत्पादित सेनेटरी प्याडको न्यूनतम मापदण्ड छुट्टाछुट्टै लेखिएको छ । यो कार्यक्रमले गर्दा सेनेटरी प्याडको पहुँच पनि व्यापक बढिरहेको छ भने स्वदेशी उद्योगहरूका लागि आफ्नो उत्पादन क्षमताको प्रयोग बढाउने अवसर पनि प्रदान गरेको छ । सेनेटरी प्याड ‘प्रयोग गर र फ्याँक’को अवधारणाले बनेको उत्पादन हो । तर, हालको चुनौती वातावरणमैत्री सेनेटरी प्याड बनाउनु नै रहेको छ । विश्व बजारमा समेत बायोडिग्रिडेबल सेनेटरी प्याडको बहस चलिरहेको छ भने नेपालमा यस्तो प्याड बनाउने काम पनि शुरू भइसकेको छ । पर्याप्त उत्पादन क्षमता भई आत्मनिर्भर भइसकेको समयमा समेत ठूलो परिमाणमा सेनेटरी प्याडको आयात हुने गरेको भन्सारको तथ्यांकले देखाउँछ । आयातित उत्पादनहरू प्रायः बहुराष्ट्रिय कम्पनीहरूका चर्चित ब्रान्ड रहेका छन् । गुणस्तरको हिसाबले नेपाली ब्रान्डका उत्पादनहरू पनि कम नभएको र मूल्यको तुलनामा पनि नेपाली उत्पादन ३० देखि ५० प्रतिशतसम्म सस्तो रहेको छ । विदेशबाट आयात हुने प्याडहरू किलोग्राम र गोटामा समेत आउने गर्छ । आव २०७७/७८ मा १.१७ अर्बको आयातमध्ये ३.५८ करोड पिस र १७३८ टन सेनेटरी प्याड आयात भएको छ । चालू आवको ८ महीनामा ९.९० करोड पिस आयात भएको छ । एक किलोमा कति पिस प्याड आउँछ भन्नेबारे कसैलाई जानकारी हुँदैन । साथै किलोमा आयात हुने प्याडहरू पिसमा विक्री हुन्छ । विदेशका उद्योगहरूमा बिग्रेको, म्याद सकिएको तथा पुरानो नबिक्ने प्याडहरू किलोमै विक्री हुने विभिन्न वेबसाइटहरूले अफर दिएको पाइन्छ । सेनेटरी प्याड संवेदनशील सामग्री भए पनि आयात भएका प्याडको गुणस्तरको जाँच हुने गरेको छैन । अधिकांश आयातकर्तासँग प्याडको गुणस्तर खुल्ने प्रमाणित कागजपत्र पनि हुँदैन । प्याडको गुणस्तर परीक्षण गर्न ल्याबहरू पनि छैनन् । आयातित प्याडको गुणस्तर परीक्षण नहुँदा महिलाको स्वास्थ्य जोखिममा छ । आयातित उत्पादनसँग स्वदेशी उत्पादनहरूले असमानताको लडाइँ लड्नु परिरहेको अवस्था छ । आयातकर्ताको नाम, ठेगाना, आदि केही लेखेको हुँदैन । कुनै समस्या आए गुनासो गर्नु परेमा जाने ठाउँ काहीँ पनि छैन । आफ्नो मनोमानी हिसाबले दाम तोक्दा उपभोक्तालाई ठूलो मार पर्न गएको अवस्था छ । उपभोक्ता हित संरक्षण गर्नु सरकारको दायित्व नै हो । गत केही महीनादेखि सेनेटरी प्याडमा कर हटाउने माग पनि बढेको छ । यो कर मूलतः पैठारी भन्सार महसुल तथा मूल्य अभिवृद्धि करसँग सम्बद्ध रहेको छ । यसलाई रातो कर पनि भन्ने गरिएको छ । सेनेटरी प्याड उत्पादकहरूले यो विषयमा कच्चा पदार्थमा आयात गर्दा पैठारी भन्सार महसुल तथा मूल्य अभिवृद्धि कर दुवै लाग्ने तथा उद्योग चलाउन प्रयोग हुने प्रायःजसो वस्तुमा समेत मूल्य अभिवृद्धि कर लाग्ने भएकाले पनि तयारी वस्तुमा मूल्य अभिवृद्धि कर हटाउँदा उद्योगको लागत खर्च बढ्छ र उद्योग नै धराशयी हुन सक्छ । भारत सरकारले सेनेटरी प्याडमा कर छूट दिएको थियो । तर, उपभोक्तालाई केही फाइदा नभएको, उल्टै त्यहाँको उद्योगहरूलाई सास्ती परेको देखिएको छ । नेपालले यो तथ्यलाई मनन गर्नु जरुरी छ । लेखक मोरङ व्यापार संघका सदस्य हुन् ।

कामना सेवा विकास बैंकले गर्यो सेनेटरी प्याड वितरण

काठमाडौं, २५ फागुन । कामना सेवा विकास बैंकले सेनेटरी प्याड वितरण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा निःशुल्क प्याड वितरण गरेको हो । बैंकले पहिलो पाइला नेपालको सहकार्यमा बैंकले उक्त कार्यक्रम गरेको हो । नवलपरासी सुनवलस्थित सुनवल माध्यामिकका विद्यार्थी र कास्की पुरुन्चौरका महिला समूहलाई निःशुल्क सेनेटरी प्याड वितरण गरेको जनाएको […]

कामना सेवा विकास बैंकद्वारा निःशुल्क सेनेटरी प्याड वितरण

कामना सेवा विकास बैंकले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा निःशुल्क सेनेटरी प्याड वितरण गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत पहिलो पाइला नेपालको सहकार्यमा बैंकले उक्त कार्यक्रम गरेको हो । नवलपरासी सुनवलस्थित सुनवल माध्यामिकका विद्यार्थी र कास्की पुरुन्चौरका महिला समूहलाई निःशुल्क सेनेटरी प्याड वितरण गरेको हो ।त्यस्तै, महिला तथा किशोरीहरुलाई प्रजनन स्वास्थ्य, यौनसंग सम्बन्धित विषयहरुको बारेमा जानकारी गराउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ । महिनावारीका प्याडको उचित प्रय

महिला कैदीलाई सेनेटरी प्याड

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय रोल्पाले बुधबार जिल्ला कारागार लिवाङमा एक कार्यक्रमको आयोजना गरी महिला कैदीहरुका लागि सेनेटरी वितरण गरेको छ।...

कारागारका महिलालाई सेनेटरी प्याड र बालबालिकालाई शैक्षिक सामाग्री वितरण

शारदा नगरपालिकाले जिल्ला कारागारमा रहेका महिला कैदिबन्दीहरुलाई सेनेटरी प्याड र उनहरुका बालबालिकालाई शैक्षिक