बाँकेको खजुरा बजारको दुई किलोमिटर सडक विस्तार र कालोपत्रे गर्ने कार्य ५ वर्षमा पनि पुरा हुनसकेको छैन । ३ वर्षमा दुई किलोमिटर सडक विस्तारसँगै कालोपत्रे गर्ने भन्दै २०७४ चैतमा निर्माण कम्पनी गजुरमुखी निर्माण सेवाले सम्झौता गरेकोमा सम्झौता गरेको ५ वर्ष बिते पनि सडक निर्माण अझै अलपत्र छ ।
स्याङ्जाको मदिखोला–देभीभञ्याङे, गौमुख–पकवादी हुँदै चापाकोट सडक असारमा निर्माण भएर सम्पन्न नहुँदै जिर्ण बनेको छ । गण्डकी प्रदेश सरकारले ५० लाख रुपैयाँ खर्चेर निर्माण गरिएको सडक एक महिना नहुँदै जिर्ण बनेपछि स्थानीय आक्रोशित बनेका छन् । न सडक निर्माण हुन सक्यो न त बजेटको सदुपयोग भन्दै सडक उपभोग गर्ने स्थानीय आक्रोशित बनेका हुन् ।