लगानी सम्मेलनले लगानीमैत्री वातावरण किन बन्न सकेन, त्यसको खोजी गर्छु : उद्योगमन्त्री

कैलाली : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सुदूरपश्चिम प्रदेशमा रहेका स्रोत साधनको अधिकतम उपयोग गर्ने कुरामा आफ्नो विशेष ध्यान जाने बताएका छन्।प्रेस चौतारी नेपाल, कैलाली शाखाले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले उद्योग तथा खानीसँग सम्बन्धित स्रोत साधनको अधिकतम उपयोगमा विशेष ध्यान जाने बताए।सुदूरपश्चिममा सुक्खा बन्दरगाह प्राथमिकताका साथ निर्माण गर्ने उनको प्रतिबद्धता छ। त्यस्तै छेला औद्योगिक क्षेत्रको काम अगाडि बढाउन द्रुत गतिमा  काम गरिने मन्त्री भण्डारी

सम्बन्धित सामग्री

उद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको भेट

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग चिनियाँ लगानीकर्ताले भेट गरेका छन् । मन्त्रालयमा भएको भेटमा मन्त्री भण्डारीले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीमैत्री वातावरण रहेकाले उद्योग तथा व्यवसाय खोल्न आग्रह गर्नुभयो ।

ऐन संशोधन गरी लगानीमैत्री वातावरण बनाउँछौं: उद्योगमन्त्री भण्डारी - NepaliPatra

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले संसदको हिउँदे अधिवेशनभित्र १० वटा ऐन संशोधन गरी उद्योग, लगानीमैत्री वातावरण सिर्जना गरिने बताएका छन् । सोमवार नेपाल हब्र्स तथा हर्बल उत्पादक संघको काठमाडौँमा भएको १८ औं वार्षिक साधरण सभामा उद्योगमन्त्री भण्डारीले यस्तो बताएका हुन् । उनले सरकारले उद्योगमैत्री कानुन बनाएर अन्तिम चरणमा पुगाएको दाबी गरे । […]

ऐन संशोधन गरी लगानीमैत्री वातावरण बनाउँछौं : उद्योगमन्त्री भण्डारी

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले संसदको हिउँदे अधिवेशनभित्र १० वटा ऐन संशोधन गरी उद्योग, लगानीमैत्री वातावरण सिर्जना गरिने बताउनुभएको छ ।

जनताको निराशालाई आशामा बदल्नु छः उद्योगमन्त्री

नेपालगञ्ज – उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी क्षेत्रलाई प्रोत्साहन गर्दै लगानीमैत्री वातावरण बनाउन सरकार लागि परेको बताएका छन्। डल्फिन ग्रुपको १४ औं वार्षिकोत्सवमा नेपालगञ्जमा उद्घाटन गर्दै मन्त्री भण्डारीले नेपाली उद्योगीलाई आशा, भरोसा, विश्वास नदिलाएसम्म नेपालको अर्थतन्त्र बलियो नहुने भएकाले लगानीमैत्री वातावरण बनाउन सरकार लागि परेको बताए। उनले लगानीमैत्री वातावरण बनाउन फास्ट ट्रयाकबाट कानूनहरु […]

लगानीमैत्री वातावरण बनाउन धेरै मेहनतको खाँचो छ : उद्योगमन्त्री रिजाल

काठमाडौँ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले मुलुकमा औद्योगिक वातावरण निर्माण गर्न सरकार लागिपरेको बताएका छन्।फोकस नेपालको ११औँ वार्षिकोत्सवका अवसरमा आज ‘औद्योगिक क्षेत्रको विकासमा चुनौती र अवसर’ विषयक विचार गोष्ठीमा उनले सरकार मुलुकमा औद्योगिक वातावरण निर्माणमा लागेको बताए।“कुनै पनि मुलुकको आर्थिक विकास हुनुमा औद्योगिक क्षेत्रको महत्त्वपूर्ण भूमिका रहन्छ, औद्योगिक क्षेत्रको विकासका लागि सरकार लागेको छ”, उनले भने। नेपालमा ८७ वर्ष पहिले विराटनगरमा जुट मि

लगानीमैत्री वातावरण बनाउन सरकार प्रतिवद्ध छ : उद्योगमन्त्री रिजाल (भिडिओ)

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले लगानीमैत्री वातावरण बनाउनका लागि सरकार प्रतिवद्ध रहेको बताएका छन् । मंगलबार काठमाडौमा उद्योग परिसंघले आयोजना गरेको ‘स्वदेशी समिट २०२३’ को उद्घाटन गर्दै मन्त्री रिजालले लगानीमैत्री औद्योगिक वातावरण निर्माण, आत्मनिर्भर अर्थतन्त्रका लागि औधोगिक पूर्वाधार र समृद्धिका लागि प्राकृतिक स्रोत सदुपयोगका लागि आवश्यक वातावरण बनाउनका लागि सरका प्रतिवद्धता रहेको […]

दैजी–छेला औद्योगिक क्षेत्रलाई चाँडै भोगाधिकार : उद्योगमन्त्री

महेन्द्रनगर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दैजी–छेला औद्योगिक क्षेत्रलाई चाँडै भोगाधिकार प्रदान गरिने बताएका छन् । शुक्रवार कञ्चनपुरको वेदकोट नगरपालिका–२ स्थित उक्त औद्योगिक क्षेत्रको निरीक्षणपछि मन्त्री भण्डारीले यस्तो बताएका हुन् । औद्योगिक क्षेत्रको निरीक्षणपछि वेदकोट नगर उद्योग वाणिज्य संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री भण्डारीले दैजी–छेला औद्योगिक क्षेत्र सञ्चालनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए । ढिलोमा दुई साताभित्र भोगाधिकार कायम हुनेगरी काम भइरहेको जानकारी उनले दिए । ‘मैले मन्त्रालय सम्हालेको एक महीनामै औद्योगिक क्षेत्र कार्यान्वयनको चरणमा प्रवेश गरेको छ,’ मन्त्री भण्डारीले भने, ‘यसबारे कार्यदलले एक हप्ताभित्र प्रतिवेदन पेश गर्नेछ । त्यो प्रतिवेदन मन्त्रिपरिषद्मा पेश गरी भोगाधिकार हस्तान्तरणको निर्णय गराउँछु ।’ दैजी–छेलासहित अन्य औद्योगिक क्षेत्रको काम पनि तत्काल अघि बढाइने उनको भनाइ छ । मन्त्री भण्डारीले भोगाधिकार पाएपछि बाँकी प्रक्रिया अघि बढ्ने बताए । त्यसका लागि ५ अर्ब रुपैयाँ बजेट माग गरिएको उनले जानकारी दिए । ‘नीतिगत सुधार गरी लगानीमैत्री वातावरण निर्माण गर्न मन्त्रालयले धमाधम काम गरिरहेको छ,’ उनले भने ‘अब संसद्बाट विधेयक पास गराएर उद्योगमैत्री वातावरण बनाउँछु ।’ साथै गेटा मेडिकल कलेजलाई सरकारले ‘शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय’ नामकरण गरी देशकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय घोषणा गरेको, दोधाराचाँदनीमा सुक्खा बन्दरगाहको काम अगाडि बढेको र महाकाली कोरिडोरको काम पनि भइरहेको उनले बताए । यी योजना पूरा भएमा सुदूरपश्चिमका जनताले कामका लागि भारत जानुपर्ने बाध्यताको अन्त्य हुने दाबी उनले गरे । २०५२ सालदेखि दैजीमा ओद्योगिक क्षेत्र स्थापनाका लागि पहल थालिए पनि भौतिक संरचनाको निर्माण अझै अघि बढेको छैन । कार्यक्रममा नेपालगञ्ज औद्योगिक क्षेत्रका सहायक निर्देशक कृष्ण पुनले अहिले रूख छपानको कार्य अन्तिम चरणमा रहेको बताए । सोमवार दैजीमा औद्योगिक क्षेत्रको कार्यालय स्थापना गरिने जानकारी उनले दिए । कार्यालय स्थापना भएपछि औद्योगिक क्षेत्रको कामले गति लिने विश्वास गरिएको छ ।

लगानीमैत्री वातावरण निर्माण पहिलो प्राथमिकता ः मन्त्री थापा

काठमाडौँ, भदौ २६ गते । नवनियुक्त उद्योगमन्त्री सुनिलबहादुर थापाले आज मन्त्रालयमा पुगी पदबहाली गर्नुभएको छ ।  उहाँ राष्ट्रिय प्रजातन्त्र...

लगानीमैत्री वातावरण निर्माण पहिलो प्राथमिकता : मन्त्री थापा

नवनियुक्त उद्योगमन्त्री सुनिलबहादुर थापाले आज मन्त्रालयमा पुगी पदबहाली गरेका छन् । उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)को सिफारिसमा मन्त्री बनेका हुन् । नवनियुक्त उद्योग मन्त्री थापाले पदबहालीपछि आयोजित परिचयात्मक कार्यक्रममा मुलुकको व्यापार घाटा कम गर्न, लगानीमैत्री वातावरण निर्माण गर्न र रुग्ण उद्योग सञ्चालनमा आफ्नो प्रयास जारी रहने बताए । यसअघि थापाले विसं २०७३ साउन १९ गतेदेखि…