नदीजन्य पदार्थको चोरी निकासी रोकिएन

कपिलवस्तुको बाणगङ्गा नदीआसपास क्षेत्रबाट नदीजन्य पदार्थको अवैध निकासी रोकिएको छैन । बाणगङ्गा नदीबाट लामो समयदेखि हँुदै आएको नदीजन्य पदार्थको अवैध चोरी निकासी भइरहेको स्थानीयवासीले बताएका छन् ।

सम्बन्धित सामग्री

रोकिएन अवैध उत्खनन

सरकारले असार लागेदेखि तीन महिना नदीजन्य पदार्थको उत्खननमा रोक लगाए पनि महोत्तरीमा अवैध उत्खनन नियन्त्रण हुन सकेको छैन। बाँके खोलामा भएको घटनाको २४ घण्टा नबित्दै प्रहरीले गौशाला नगरपालिका–५ स्थित मडाहा खोलाबाट गिट्टी, बालुवा चोरी निकासी गरिरहेको अवस्थामा बुधबार राति फेरि एक थान ट्याक्टर नियन्त्रणमा लिएको छ। मध्य रातको समय खोला उत्खनन भइरहेको सूचनाको आधारमा गौशालास्थित इलाका प्रहरी कार्यालयबाट बुधबार राति घटना स्थल पुगेको सुरक्षा टोलीले नदीजन्य पदार्थ लोड गरिएको ज. १ त. ४७४६ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएको हो। ट्याक्टरसाथ पक्राउ परेका चालक मुन्ना साहसँग आवश्यक सोधपुछ भइरहेको गौशाला प्रहरीले जनाएको छ।

रोकिएन नदीजन्य पदार्थको चोरी निकासी

लमही नगरपालिकाले वडा नम्बर ४ को बुट्कहावा–सेम्रहवाको नर्सरीमा अवैध रूपमा भण्डार गरेर राखेको ५९४ घनमिटर ढुङ्गा जफत गरेको छ। शनिबार लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीको नेतृत्वमा गएको अनुगमन टोलीले राजस्व नतिरी राप्ती नदीबाट अवैध तरिकाले भण्डारण गरेर राखेको नदीजन्य पदार्थ ढुङ्गा नियन्त्रणमा लिएको हो।