गृहजिल्लामा अध्यक्ष राजेन्द्र लिङ्देनको शक्ति प्रदर्शन

राप्रपाले आइतबार झापामा शक्ति प्रदर्शन गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनसहित राजनीतिक हेबिवेट नेताहरुको गृहजिल्ला झापामा आइतबार राप्रपाले गरेको शक्ति प्रदर्शनमा हजारौँ मानिसको सहभागिता थियो । एमाले अध्यक्ष केपी ओली, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र कृष्णप्रसाद सिटौलासहित नेताको गृहजिल्ला रहेको झापामा शक्ति प्रदर्शन गरेर लिङ्देनले आफ्नो दमदार उपस्थिति देखाएको स्थानीयले बताए । २०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा क्षेत्र ३ मा कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई प

सम्बन्धित सामग्री

पूर्वराजा झापामा, पृथ्वी नारायण शाहको सालिक अनावरणपछि शक्ति प्रदर्शन

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापामा छन् । उनले त्यहाँ बिर्तामोड १ मा रहेको इकम कलेजको प्राङ्गणमा निर्माण भएको पृथ्वी नारायण शाहको सालिक अनावरण गर्ने कार्यक्रम रहेको छ । आज नै राजावादीहरूले शक्ति प्रदर्शन गर्ने तयारी समेत गरेका छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन सोही कार्यक्रमको तयारीका लागि एक डेढ सातादेखि त्यहाँ खटिएका छन् । […]

काठमाडौँमा राप्रपाको शक्ति प्रदर्शन (फोटोफिचर)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा शक्ति प्रदर्शनसहित चुनावी सभा गरेको छ । काठमाडौंको वसन्तपुरमा शुक्रबार आयोजित कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्व अध्यक्ष डा.प्रकाशचन्द्र लोहनी, नेता बुद्धिमान तामाङ, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र लगायतका नेताहरूले सम्वोधन गरेका छन् । कार्यक्रममा बलिउड अभिनेत्री मनि...

कमल थापाको गृहनगरमा राप्रपाको रणनीति : असफल नेतृत्वको भण्डाफोर

राप्रपाले आइतबार हेटौंडामा शक्ति प्रदर्शनसहित आमसभा गरेको छ । स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा कुनै पनि दलले यस्ता कार्यक्रम गर्नु सामान्य हो । तर राप्रपाले आफ्नै पूर्वअध्यक्ष (हाल राप्रपा नेपालका अध्यक्ष) कमल थापाको गृहनगरमा विशेष रणनीति अन्तर्गत कार्यक्रम आयोजना गरेको थियो ।अध्यक्षमा पराजित भएर कमल थापाले राप्रपा परित्याग गरी राप्रपा नेपाल व्युँताएसँगै उनकै गृहनगरमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पुगेर शक्ति प्रदर्शन गरेका हुन् । कार्यक्रममा गाउँगाउँबाट राप्रपाका उल्लेख्य संख्यामा कार

काठमाडौंमा राप्रपाको शक्ति प्रदर्शन

काठमाडौं । काठमाडौं उपत्यका बाहिर दिनहुँ जसो आमसभा गर्दै आइरहेको राप्रपाले शुक्रबार (आज) काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । काठमाडौं उपत्यका बाहिरका जिल्लामा भएका आमसभा र भेलाबाट उत्साहित भएको राप्रपाले आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै काठमाडौंको रत्नपार्क स्थित खुलामञ्चमा आम सभा गरेको हो । आमसभालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, संस्थापक अध्यक्ष एवं पूर्व प्रधानमन्त्री […]

काठमाडौंमा राप्रपाको शक्ति प्रदर्शन (फोटो फिचर)

२५ चैत, काठकमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । काठमाडौंको खुलामञ्चमा आज आमसभा गर्दै राप्रपाले शक्ति प्रदर्शन गरेको हो । देशका विभिन्न सहरमा कार्यक्रम गरेपछि राप्रपाले आज काठमाडौंमा आमसभा गरेको हो । स्थानीय तह निर्वाचनको चुनाव लक्षित सभामा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पूर्वअध्यक्षद्वय पशुपतिशम्शेर जबरा र डाक्टर […]

काठमाडौंमा राप्रपाको शक्ति प्रदर्शन, तस्बिरमा हेर्नुहोस्

वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शनसहित आमसभा गरेको छ । आमसभा अहिले काठमाडौंको खुलामञ्चमा शुरु भएको छ । आमसभालाई सम्बोधन गर्न अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्व अध्यक्षहरू पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी, नेता कुन्ती शाही, रेखा थापा लगायतका नेताहरू खुलामञ्चमा पुगेका छन् । उनीहरुले सम्बोधन गर्नेछन् । आमसभा सुरु हुनुअघि सो पार्टीका नेता तथा कार्यकर्ताले काठमाडौंका विभिन्न स्थानबाट झ

राप्रपाले काठमाडौंमा आज शक्ति प्रदर्शन गर्दै

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौंको खुलामञ्चमा आमसभा गर्दै छ। पार्टीको बागमती प्रदेश समितिले आमसभाको आयोजना गरेको हो। यो आमसभालाई राप्रपाले शक्ति प्रदर्शन भनेको छ।  पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार दिउँसो साढे १२ बजे कार्यक्रम सुरु हुनेछ।आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देन, संस्थापक अध्यक्ष, पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पूर्व अध्यक्षहरू पशुपतिशमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनीलगायत पार्टीका वरिष्ठ नेताहरुले सम्बोधन गर्ने प्रवक्ता श्रेष्ठले जानक