पूर्वराजा झापामा, पृथ्वी नारायण शाहको सालिक अनावरणपछि शक्ति प्रदर्शन

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापामा छन् । उनले त्यहाँ बिर्तामोड १ मा रहेको इकम कलेजको प्राङ्गणमा निर्माण भएको पृथ्वी नारायण शाहको सालिक अनावरण गर्ने कार्यक्रम रहेको छ । आज नै राजावादीहरूले शक्ति प्रदर्शन गर्ने तयारी समेत गरेका छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन सोही कार्यक्रमको तयारीका लागि एक डेढ सातादेखि त्यहाँ खटिएका छन् । […]