काठमाण्डाै – श्रीलङ्काको राष्ट्रिय ध्वजावाहक विमान श्रीलङ्कन एअरलाइन्सले भोलि मङ्गलवारदेखि काठमाण्डौमा उडान गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार श्रीलङ्कन एअरले मङ्गलवार र शनिवार कोलम्बो–काठमाण्डौ, काठमाण्डौ–कोलम्बो दुईतर्फी उडान गर्ने भएको हो ।
भोलि बिहान नौ बजेर ४० मिनेटमा एक सय ४० जना यात्रु लिएर आउने जहाज १० बजेर ४० मिनेटमा एक सय ५० जना यात्रु बोकेर फर्कनेछ । श्रीलङ्कन एअरलाइन्सको नेपालका लागि जनरल सेल्स एजेन्ट जीएसए रहेको जेनिथ ट्राभलका प्रमुख दीपक मैनालीले काठमाण्डौ र श्रील...