नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जात, धर्म, सम्प्रदायको भन्दा सिंगो देशको देशको पहिचानलाई जोगाउन समाजका सबै वर्ग लाग्नुपर्ने बताउनुभएको छ । कैलालीको टीकापुरमा आज सुरु भएको नागरिक उन्मुक्ति पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा उहाँले देशको पहिचान जोगाउन सबैले लाग्नुपर्ने बताउनुभएको हो । नेपालले भन्नुभयो “आज यो वा त्यो भनेर पहिचानका ‘एजेण्डा’ बाहिर आउन …