काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १४ औँ महाधिवेशनमा पार्टी सभापतिमा आफ्नो दाबी कायम रहेको बताएका छन्।बिहीवार काठमाडौंमा नेपाली कांग्रेसका नेता तथा पूर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईको सालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले पार्टी सभापतिमा आफ्नो दाबी कायम रहेको बताए।उनले पार्टीलाई विधिसम्मत, नियमसम्मत र संस्थागत रुपमा सञ्चालन गरी साँचो अर्थमा प्रजातान्त्रिक पार्टी बनाउनका लागि आफु सभापतिको उम्मेदवार बन्न लागेको उल्लेख गरे। आफ्नो उम्मेदवारीको सम्ब