कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सभापतिका लागि हुने दोस्रो चरणको निर्वाचनमा आफू प्रकाशमान सिंहले लिएको निर्णयअनुसार नै चल्ने प्रस्ट्याएका छन् ।
मंगलवार ट्विट गर्दै शर्माले प्रकाशमान सिंह उभिएकै ठाउँमा आफू पनि उभिने बताएका हुन् ।
'सर्वसम्मति सर्वोत्तम । दोस्रो चरणमा जानै पर्दा प्रस्ट्याउँदछु– नेता प्रकाशमान सिंहको नेतृत्वमा महामन्त्रीको उम्मेदवार भएकाले उहाँ उभिनुभएको ठाउँमा म उभिनुपर्छ । पराजित भएपनि उहाँलाई साथ दिनु मेरो कर्तव्य हो । सही निर्णय गर्नसक्ने उहाँको क्षमताप्रति म विश्वस्त छु,' शर्माले ट्वीटरमा ल...