बालकोटमा एमाले अध्यक्ष ओली र गृहमन्त्री खाँणबीच भेटवार्ता

काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाँणले प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटवार्ता गरेका छन्। गृहमन्त्री खाँण ओली निवास भक्तपुरकाे बालकोट पुगेर ओलीसँग भेटवार्ता गरेका हुन्। बुधबार साँझमात्रै प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेका ओली भेट्न खाँण बुधबार बिहान ओली निवास पुगेका थिए। भेटमा गृहमन्त्री खाँणले एमसीसी अनुमोदन गर्न सघाउन र संसदको अवरोध हटाउन आग्रह […]

सम्बन्धित सामग्री

एमाले अध्यक्ष ओली र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बुधबार बिहान अध्यक्ष ओली र राष्ट्रपति भण्डारीबीच राष्ट्रपति कार्यालय शीतलनिवासमा करिव २ घण्टा भेटवार्ता भएको हो । स्रोतका अनुसार भेटवार्ताका क्रममा वर्तमान सरकार, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनलगायत समसमायिक विषयमा छलफल भएको बताइएको छ । यता,  राष्ट्रपतिका सञ्चारविज्ञ टीका ढकालले भने भेटवार्ताबारे आफुलाई कुनै […]

एमाले अध्यक्ष ओली र रास्वपा अध्यक्ष लामिछानेबीच भेटवार्ता

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । ओली निवास बालकोटमा उनीहरूबीच शुक्रबार राति भेटवार्ता भएको हो ।सत्ता समीकरण लगायत  समसामयिक विषयमा उनीहरूबीच छलफल भएको बताइएको छ । निर्वाचनमा दोस्रो ठुलो दल बनेको एमालेले सरकार गठन प्रक्रियाका लागि दलहरूसँग संवाद गरिरहेको छ । –न्युज कारखाना

एमाले अध्यक्ष ओली र चिनियाँ नेता ली चान्शुसुबीच भेटवार्ता

काठमाडौं, भदौ २८ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपालको औपचारिक भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्सुबीच भेटवार्ता भएको छ । सङघीय संसद् भवन नयाँ बानेश्वरमा आज बिहान उनीहरूबीच शिष्टाचार भेटवार्ता भएको एमाले पार्टी कार्यालयले जनाएको छ । भेटवार्तामा द्विपक्षीय आपसी हितका […]

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री देउवालाई भेट्न एमाले अध्यक्ष ओली आज बुधबार बिहान बालुवाटर पुगेका हुन्। नागरिकता विधेयक, सत्यनिरुपण विधेयकलगायतका विषयमा सरकार र प्रमुख प्रतिपक्ष दल एमालेबीच सहमती कायम हुन नसकिरहेको बेला प्रधानमन्त्री देउवा र ओलीबीच भेटवार्ता भएको हो।

एमाले अध्यक्ष ओली र सीपीसीका विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता (फोटोफिचर)

काठमाडौं, असार २८ । चारदिने नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । लिउले मंगलवार विहान ओली निवास बालकोट पुगेर भेट गरेका हुन् । भेटवार्तामा एमाले नेताहरू राजन भट्टराई , बिष्णु रिमाल, प्रदिप ज्ञवाली, उषा किरण भण्डारी , अन्जन शाक्य, […]

एमाले अध्यक्ष ओली र राप्रपाका महामन्त्री राणाबीच भेटवार्ता

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डाक्टर धवलसम्शेर राणाबीच भेटवार्ता भएको छ । उहाँहरुबीच बाँकेको नेपालगञ्जमा भेटवार्ता भएको हो । ओलीसँग देशको समसामयिक राजनीति र चुनावको विषयमा कुराकानी भएको राणाले जानकारी दिनुभएको छ । जुम्ला र कालीकोटमा भएका पार्टीका कार्यक्रममा सहभागी भएर एमाले अध्यक्ष ओली बिहीबार नेपालगञ्ज फर्कनुभएको थियो ।

एमाले अध्यक्ष ओली र राप्रपा महामन्त्री राणाबीच भेटवार्ता

काठमाडौं, चैत १८ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र राप्रपाका महामन्त्री एवं नेपालगञ्ज उपमहानगरपालिका मेयर धवल शम्मशेर राणाबीच भेटवार्ता भएको छ । नेपालगञ्जमा रहेका अध्यक्ष ओली र राणाबीच बिहीबार राति स्नेहा होटलमा भेटवार्ता भएको हो । अर्थपूर्ण रुपमा हेरिएको उक्त भेटमा समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको जनाईएको छ । स्थानीय चुनावमा तालमेल गरेर […]

एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता

एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । कार्यदलस्तरमा छलफल सकारात्मक भएपछि ओली र नेपालबीच नक्सालस्थित एक होटलमा बुधबार अबेर भेटवार्ता भएको हो ।    ...

एमाले अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता

काठमाण्डाै – एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ । काठमाण्डौको एक होटलमा बुधवार (आज) प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता भएको हो । भेटवार्तामा सहमति भए/नभएकोबारे नेताहरूले केही बताएका छैनन् । आज भएको भेटसँगै ओली र नेपालबीच लामाे समयकाे संवादहीनताको अवस्था तोडिएको छ । गएको चैत ३ गते पार्टी कार्यालय धुम्बाराहीमा भएको भेटवार्तापछि आज ओली र नेपालबीच पहिलो पटक भेटवार्ता भएको हो ।भेटमा बिग्रिएको सम्बन्धलाई सुधार गर्ने र ...

एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता

एमाले अध्यक्ष केपी ओली र समानान्तर गतिविधि गरिरहेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । आन्तरिक विवाद उत्कर्षमा पुगेका वेला राजधानीको एक होटलमा ओली र नेपालबीच भेटवार्ता भएको हो ।  ओलीले...