नेकपा एकीकृत समाजवादी पार्टी नेपालले मन्त्रीबाट हटाइएका चारजनालाई प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटार बोलाएर मन्त्रीपरिषद्को बैठकमा आउन आग्रह गरेका छन् । नेकपा एकीकृत समाजवादीले मन्त्रीहरू विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले र कृष्ण कुमार श्रेष्ठलाई सरकारबाट फिर्ता बोलाएर निर्णय गरेको थियो । उनीहरुलाई फिर्ता बोलाएर भवानी खापुङ, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ र शेरबहादुर कुँवरलाई मन्त्रीमा पठाउने पार्टीले निर्णय गरेको छ । आज नयाँ मन्त्रीहरुले शपथग्रहण हुने चर्चा चलिरहेक