ग्लोबल आईएमई बैंकको नयाँ शाखा कार्यालय बाग्लुङको बलेवामा

काठमाण्डाै - ग्लोबल आईएमई बैंक लिमिटेडले बाग्लुङको बलेवामा आफ्नो २८९औंँ शाखा कार्यालयको उद्घाटन गरेको छ । साविकको बलेवा एक्सटेन्सन काउन्टरलाई स्तरोन्नति गरी शाखाको रुपमा परिमार्जित गरिएको हो ।  हिजाे बाग्लुङको बाग्लुङ नगरपालिका–१४, बलेवा नारायणस्थानमा आयाेजित एक कार्यक्रमबीच कार्यालयकाे उद्घाटन गरिएकाे हाे ।  बाग्लुङ क्षेत्र नम्बर १ का सङ्घीय सांसद डा. सूर्य पाठक, बाग्लुङ नगरपालिकाका नगर प्रमुख जनक राज पौडेल, नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढका...

सम्बन्धित सामग्री

बैंकको रकम लुटेको आरोपमा पक्राउ तीनलाइ डाँका मुद्धा

सिरहा ।  सिरहा प्रहरीले बैंकको रकम लुटपाट गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। मिर्चैया कल्याणपुर सडकको मिर्चैया नगरपालिका ३ बताहा पुलबाट ग्लोबल आईएमई बैंकको शाखा कार्यालय कल्याणपुर लादै गरेको रकम लुटेको आरोपमा प्रहरीले कल्याणपुर नगरपालिका–८ अरङ्गका  ४५ वर्षिय श्याम कुमार यादव, लहान नगरपालिका १३ सुकरामपुर का ३६ वर्षिय जिवछ बि.क. र लहान १९ छपरारी […] The post बैंकको रकम लुटेको आरोपमा पक्राउ तीनलाइ डाँका मुद्धा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सैद्दान्तिक सहमति पाएर मर्जर तोड्ने वाणिज्य बैंकलाई के हुन्छ कारवाही ?

सैद्दान्तिक सहमति प्राप्त भईसकेपछि मर्जर प्रक्रिया तोड्ने वाणिज्य बैंकलाई नेपाल राष्ट्र बैंकले विभिन्न ५ वटा कारवाही गर्ने भएको छ । सैद्दान्तिक सहमतिको पत्र प्रदान गर्दा नै राष्ट्र बैंकले प्रष्टसँग मनासिव माफीकको कारणसहित राष्ट्र बैंकको स्वीकृति नलिई आफुखुसि मर्जर प्रक्रिया तोडेमा कारवाही गर्ने राष्ट्र बैंकले उल्लेख गर्ने गरेको छ ।मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकलाई पनि  सैद्दान्तिक सहमतिको पत्र प्रदान गर्दै राष्ट्र बैंकले नासिव माफीकको कारणसहित राष्ट्र बैंकको स्वीकृति नलिई आफुखुसि मर्जर प्रक्रिया तोडेमा  कारवाही गर्ने उल्लेख गरेको छ ।पत्रमा भनिएको छ 'सैद्धान्तिक सहमति प्राप्त गरिसकेपछि मनासिव माफिकको कारण सहित यस बैंकबाट स्वीकृति नलिई आफू खुशी प्राप्ति प्रक्रिया भङ्ग गर्न पाइने छैन । आफू खुसी गाभ्ने /गाभिने तथा प्राप्ति प्रक्रिया भङ्ग गरेमा विद्यमान ऐन नियम र बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने / गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ (चौथो संशोधन २०७५) को विनियम १५(४) बमोजिम देहायबमोजिमको कारबाही गरिनेछ'।के हुन्छ कारवाही ?१.अन्य कुनै संस्थासँग गाभ्ने /गाभिने वा प्राप्तिमा नगएसम्मका लागि आधारभूत शेयरधनीहरुलाई शेयर खरिदबिक्री तथा हक हस्तान्तरणमा रोक लगाउने । २. दुवै संस्थाका सञ्चालक समितिलाई सचेत गराउने ।३. दुबै संस्थालाई अन्य कुनै संस्थासँग गाभ्ने गाभिने वा प्राप्तिमा नगएसम्मका लागि आधारभूत शेयरधनीहरुलाई दिने लाभांश वितरणमा प्रतिबन्ध लगाउने ।४. दुबै संस्थालाई अन्य कुनै संस्थासँग गाभ्ने / गाभिने वा प्राप्तिमा नगएसम्म तीन वर्षको लागि थप शाखा कार्यालय खोल्न रोक लगाउने । ५. दुवै संस्थालाई राष्ट्र बैंकले प्रदान गर्ने सुविधाहरु प्राप्त गर्न रोक लगाउने । अहिले वाणिज्य बैंकहरुमा मर्जरको लहर नै चलेको छ । नेपाल राष्ट्र बैंकले मर्जर गर्दा प्राप्त हुने सुविधाहरु यहि असार मसान्तसम्म मात्र कायम रहने बताएपछि वाणिज्य बैंकहरु मर्जरको लागि पार्टनर खोज्न व्यस्त छन्। हाल नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेर एकिकृत कारोबारको मिति तय गरिसकेको छ । त्यस्तै मेगा र इन्भेष्टमेन्ट बैंकले मर्जरको लागि सैद्दान्तिक सहमति पाईसकेका छन्।  त्यस्तै ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाडौँ (बिओके) ले पनि  सैद्दान्तिक सहमति पाईसकेका छन्।सिभिल बैंक र हिमालयन बैंकले मर्जरको लागि सम्झौता गर्नको लागि अन्तिम तयारी गरेपनि अन्तिम समयमाआएर सम्झौता स्थगित भएको छ । त्यस्तै प्रभु र सेन्चुरीबीच पनि मर्जरको चर्चा छ । अन्य बैंकहरुले पनि मर्जरको लागि  औपचारिक तथा अनौपचरिक छलफल गरिसकेका छन् ।

डोल्पाको दुनैमा ग्लोबल आईएमई बैंकको नयाँ शाखा सञ्चालनमा

ग्लोबल आईएमई बैंकले कर्णाली प्रदेशको डोल्पा जिल्ला ठूलीभेरी नगरपालिका– ३, दुनै बजारमा आफ्नो २८९औँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

ग्लोबल आईएमई बैंकको शाखा कार्यालय बागलुङको बलेवामा

काठमाडौं । ग्लोबल आईएमई बैंकले बागलुङको बलेवा शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । साविकको बलेवा एक्सटेन्सन काउन्टरलाई स्तरोन्नति गरी शाखाका रूपमा परिमार्जित गरेको बैंकले जनाएको छ ।   सोमबार बागलुङ नगरपालिका–१४, बलेवा नारायणस्थानमा एक कार्यक्रमबीच बागलुङ क्षेत्र नम्बर–१ का संघीय सांसद डा. सूर्य पाठक, बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेल, नेपाल...

बाग्लुङको बलेवामा ग्लोबल आईएमई बैंकको नयाँ शाखा कार्यालय

बाग्लुङ – ग्लोबल आईएमई बैंक लिमिटेडले बाग्लुङको बलेवामा आफ्नो दुई सय ८९ औँ शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । साविकको बलेवा एक्सटेन्शन काउन्टरलाई स्तरोन्नति गरी शाखाको रूपमा परिमार्जित गरिएको हो ।  आज सोमवार बाग्लुङ नगरपालिका १४ बलेवा नारायणस्थानमा एक कार्यक्रमबीच बाग्लुङ क्षेत्र नम्बर १ का सङ्घीय सांसद डा. सूर्य पाठक, नगरपालिकाका मेयर जनकराज पौडेल, नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बाग्लुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल र जिल्ला प्रहरी कार्याल...

नारायणी डेभलपमेन्ट बैंकको अवितरित हकप्रद चैत १० गतेदेखि लिलामीमा

चैत ३, काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले चैत १० गतेदेखि अवितरित हकप्रद शेयर लिलामी प्रक्रियाबाट विक्री खुला गर्ने भएको छ ।  कम्पनीले गत पुस ७ गतेदेखि माघ १२ गतेसम्म विक्री खुला गर्दा वितरण हुन नसकेको संस्थापक समूहको १ लाख ३१ हजार ९९८ कित्ता र सर्वसाधारण समूहतर्फको १३ हजार ६५१ कित्ता शेयर लिलामी प्रक्रियाबाट विक्री गर्न लागेको हो । यो शेयर खरीदका लागि चैत १७ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । यो शेयरको न्यूनतम मूल्य रू. १०० तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।  उक्त शेयरमा बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । शेयर विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।  बोलपत्र विक्री प्रबन्धकसँगै ग्लोबल आईएमई बैंकका शाखा कार्यालय विर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौँडा, नारायणगढ, पोखरा, बुटवल, बागलुङ, नेपालगञ्ज, सुर्खेत, दाङ, धनगढी, महेन्द्रनगरमा प्राप्त गर्न र पेश गर्न सकिनेछ ।