बाग्लुङ – ग्लोबल आईएमई बैंक लिमिटेडले बाग्लुङको बलेवामा आफ्नो दुई सय ८९ औँ शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । साविकको बलेवा एक्सटेन्शन काउन्टरलाई स्तरोन्नति गरी शाखाको रूपमा परिमार्जित गरिएको हो ।
आज सोमवार बाग्लुङ नगरपालिका १४ बलेवा नारायणस्थानमा एक कार्यक्रमबीच बाग्लुङ क्षेत्र नम्बर १ का सङ्घीय सांसद डा. सूर्य पाठक, नगरपालिकाका मेयर जनकराज पौडेल, नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बाग्लुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल र जिल्ला प्रहरी कार्याल...